सुनिताको नयाँ कार्यक्रम ‘संगीत तरंग’
Published on: Nagarika News (नागरिक दैनिक)
Date: Tuesday, 10 July 2012 (मंगलबार, २६ असार २०६९)
Column: डबली
काठमाडौं, असार २५ (नागरिक) – गायिका सुनिता दुलाल अब हरेक शनिबार नेपाल टेलिभिजन र एनटिभी प्लसमा देखिने भएकी छन् । इमेज च्यानलमा लोकदोहोरी कार्यक्रम ‘उकाली-ओराली’ सञ्चालन गर्ने उनी साउनबाट दुवै टेलिभिजनमा देखिने भएकी हुन् ।
दुलालले नेपाल टेलिभिजनमा शनिबार बिहान ‘संगीत तरंग’ र एनटिभी प्लसमा दिउँसो ‘हेल्लो एनटिभी प्लस’ चलाउनेछिन् ।
‘गायनसँगै कार्य व्यस्तताले इमेजमा समय दिन नसकिने भयो,’ उनले भनिन्, ‘त्यसैले साउनदेखि नेपाल टेलिभिजन र एनटिभी प्लसमा कार्यक्रम चलाउनेछु ।’ एनटिभी प्लसमा लाइभ कार्यक्रम चलाउने उनले सुनाइन्, ‘एनटिभीमा रेकर्डेड हो, एनटिभी प्लसमा लाइभ टक शो गर्ने तयारी छ ।’
व्यस्तताले एउटैमात्र लाइभ कार्यक्रम गर्न लागेको उनले बताइन् । ‘टक शो’ कार्यक्रममा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्ति निम्त्याइनेछ । दुई महिनाअघि ‘शिरमा फुल’ लोक-आधुनिक एल्बम बजारमा ल्याएकी उनी सांगीतिक कार्यक्रममा पनि व्यस्त छिन् । लोकदोहारीमा स्थापित भइसकेकी उनी केही वर्षदेखि भिडियो जक्कीका रूपमा उत्तिकै लोकप्रिय बनेकी छन् ।
दर्जनौं लोकदोहोरी गीत गाइसकेकी सुनिता आरजे हुँदै भिजे बनेकी थिइन् । नेपाल टेलिभिजनकै कार्यक्रम सुसेलीमार्फत् उनी पहिलोपटक भिजे बनेकी थिइन् ।
इमेज च्यानलमा उनले दुई कार्यक्रम ‘सज्जा’ तथा ‘लोकभाका टप टेन’ सञ्चालनपछि दैनिक ‘उकाली-ओराली’ सञ्चालनको जिम्मा पाएकी थिइन् । लोकप्रिय दोहोरी गायक गायिकालाई अतिथिका रूपमा प्रस्तुत गरी दर्शकसँग टेलिफोनमार्फत दोहोरी खेलाउँदै आएकी थिइन् ।
SUNITA DULAL

Best of luck Sunita Dulal jee…!!!
Hi sunita gi halkhabar aru bestsa hune hunu vayo hoinata nice yuor police
I like Sunita Dulal’s all song.
Keep it up.
Vishali Kumar
Naay Karaykarm Lyanau Lagunbhaeyokam agirm bdaahi cahh ! pls. milayera padhnu hola. Thanks.
thanks for sharing Sunita ji. All the best and success for your new programs.
Congratulation! Dear Sunita Sis. And best of luck for your TV program.
I Like your program, your other song, try more than other singer okay! Best of luck Sunita jee ..
be your fan from Georgia Atlanta U S A.
Congratulation singer Sunita sister. I like your Nepali Lok Geet and Teej songs.
Congratulation and best of luck sister Sunita ! Keep it up !!!
dear singer sis sunita congratulation !
Hello didi, congratulation to you for your success.
Hi Nnamaste! how are you Sunita Dulal jee. Wish you all the best.
Best of luck Sunita Dulal jee…!!!