NEWS

दुवै मृगौला फेल भएका गुरुङलाई सुनिताको ५० हजार सहयोग

दुवै मृगौला फेल भएर उपचारका लागि अस्पताल भर्ना भएका गायक पूर्ण गु?ङलाई गायिका सुनिता दुलालले ५० हजार रुपैयाँ सहयोग गरेकी छन् । उनले गुरुङको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह पनि गरेकी छन् ।

“कलाकार कुनै जाती, भाषा, रङ्ग, समुदाय र भूगोलको हुँदैन । परेका बेला सहयोग गर्नु नै मानवीय धर्म हो भने नैतिकता पनि । म फेरि पनि आग्रह गर्छु भगवानले एक पठक दिएको यो सुन्दर जीवन बचाउन पूर्ण दाईलाई सबैले सकेको सहयोग गरौं,” उनले भनिन्, “उहाँलाई गरेको सहयोग फगत उहाँका लागि मात्रै हैन, कला र गलासँगै नेपाली कला, संस्कृति संरक्षणका लागि गरेको सहयोग पनि हुने छ ।”

दुवै मृगौलाले काम नगरेपछि गुरुङलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको छ ।  गुरुङ गायकसँगै एरेन्जर पनि हुन् । उनकी श्रीमती सुमी गुरुङ पनि गायिका हुन् । श्रीमती गुरुङले पैसाको अभावमा उपचार गर्न नसकिएको भन्दै सहयोगका लागि आग्रह गरेकी थिइन् ।

टिचिङको एनएस टुु ६०७ नम्बर बेडमा रहेका गुरुङको उपचारका लागि सहयोग गर्न चहानेले ग्लोबल आईएमई बैंकमा रहेको उनको खाता नम्बर ३६०७०१००१०८८५ मा पैसा जम्मा गर्न सक्नेछन् ।

९ वर्ष अगाडि मृगौलामा समस्य देखिएपछि उपचार गरे पनि फेरि दुवै मृगौलले काम गर्न छोडेको हो । उपचारमा सम्लग्न चिकित्सकका अनुसार गुरुङको उपचारका लागि ५ देखि २० लाख रुपैयाँ लाग्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close