NEWS

देश दुख्दा हामी पनि रोहीरहेका छौं

सदा झैं यो वर्ष पनि नियतीले हामीलाई छाडेन । कालो काल बनेर विपत्तीको घडी आयो र निदोर्ष निमुखा हामी जनताको ज्यान लिएर गयो । हुन त गयो पनि के भनौं । जनधनको क्षती अझै रोकिएको छैन । बाढी पहिरोको प्रकोप थामिएको छैन । अझ यसको दीर्घकालीन असर त वर्षौसम्म देखिने छ । कयौं बालबालिकाले अभिभावक गुमाएका छन् । कयौं अभिभाकले आफ्नो प्राण सरहका सन्तान गुमाएका छन् । सँगै गुमेको छ बास र बारी पनि । बाढी त थामिएला तर मनमा लागेको घाउ जीवन रहुञ्जेल थामिने छैन । गुमेका सन्तान र अभिभावक फर्किएर आउने छैनन् । राज्यले सहयोग स्वरुप केही लाख पैसा पनि देला, सहयोगी मनहरुले राहत पनि देलान तर ज्यानको बदलामा केही पनि हुन सक्तैन । गुमेको प्राण न क्षतीपूर्तीले फकाउन सक्छ न मलमपट्टीले निको नै हुन्छ ।

प्राकृतिक प्रकोप हो कुन बेला आउँछ थाहै हुँदैन । भवितब्य न हो कति क्षती गर्छ पूर्वानुमान लगाउन सकिँदैन । यसलाई रोक्न पनि सकिदैन । कसैलाई आरोप लगाएर र टिप्पणी गरेर पनि केही उपलब्धी छैन । अहिलेका लागि चहर्याइरहेको घाउमा मलमपट्टी लगाउनु र जतिसक्दो चाँडो राहत बाँडेर विपदमा परेका जनताको उदार गर्नु नै सबै भन्दा राम्रो कदम हो । सकेको सहयोग गर्नु राज्य र जनताको दायित्व र कर्तब्य हो ।

तराई, पहाड र हिमाल नेपालको भौगोलिक बनोट हो । हिमाल र पहाडमा पानी परे कमजोर पहाडमा पहिरो गएर जनधनको क्षती गर्छ । तराईमा पानी परे डुवान तथा कटानले जनधनको क्षती गर्छ । कहिले र कुन दिन यो अवस्था आउँछ भन्ने कुरा जानकारी नभए पनि यो कुनै पनि दिन घट्न सक्छ भन्ने तथ्यबाट कोही पनि अनविज्ञ छैन । यो प्राकृतिक प्रकोप हुन नदिने कसैसँग पनि अचुक उपाय नभए पनि यसबाट कम क्षती गराउने अवस्था सिर्जना गराउन भने सकिन्छ । राज्य प्रशासन तथा हाम्रा भौतिक संरचना नै हाम्रो ज्यान लिने मुख्य साधन हुन् । त्यसैले हामी बस्ने घर बलियो र उच्च ठाउँमा निर्माण गरे कम क्षती हुन्छ । राज्यले बनाएका पूर्वाधारका भौतिक संरचना बलियो र वैज्ञानिक हिसावले बनाए पनि क्षती कम गर्न सकिन्छ ।

राज्य उदार तथा राहत वितरणमा पनि कमजोर देखिन्छ । हरेक वर्ष यस्ता प्राकृतिक प्रकोप आउँछन् र जनता त्यसको चपेटामा पर्छन् भन्ने जान्दा जान्दै पनि राज्यका संयन्त्र पूर्व तयारी अवस्थामा रहेको देखिँदैन । घरमा आगो लागिसकेपछि दमकल किन्ने निर्णय गर्ने कि आगो जुन सुकै बेला लाग्न सक्छ भनेर पहिला नै दमकलको जोहो गरेर तयारी अवस्थामा रहनुपर्छ । यसमा राज्य सँधै कमजोर देखिन्छ ।
त्यसो त राज्यलाई दोष दिएर मात्रै पनि हुँदैन । जोखिमपूर्ण क्षेत्रको पूर्वानुमान हुँदा हुँदै पनि कमजोर संरचना खडा गर्नु र त्यसमा बस्नु जनताको पनि कमजोरी हो । कति विवसता होला तर कति भने हेल्चेक्रयाई पनि भइरहेको छ ।

कुरा जनताको दायित्वको पनि हो । जनता यतिबेला संकटको घडीमा छन् । पिदको चपेटामा छन् । यस्तो समयमा तेरो मेरो र नजिक टाढा नभनी सहयोग गर्नु आवश्यक छ । फराकिलो मनले सकेको सहयोग गरेर उच्च नैतिकता देखाउनु नै अहिलेको मानवता र आवश्यकता पनि हो ।

यहाँ कुरा हाम्रो पनि उठ्छ । हामी कलाकारले पनि सहयोग गर्नुपर्छ । र त्यो भइपनि रहेको छ । सँगै प्रश्न यति बेला हामी नेपाल बाहिर रहेका कलाकारबारे पनि उठ्छ र उठि पनि रहेका छन् ।

केही कलाकार देश दुखी रहेको यो बेला विदेशमा छन् । म पनि अहिले अष्ट्रेलियामा छु । मलाई पनि नेपाली दाजुभाइको पीडाले दुःखीरहेको छ । तर, पूर्व निर्धारित कार्यक्रमका कारण हामी यहाँका कार्यक्रममा सहभागी हुन बाध्य छौं । एकातिर आयोजकसँग भएको सम्झौता अर्कोतर्फ विक्री भइसकेका टिकट कार्यक्रम रद्द गर्न पनि कठिन हुँदोरहेछ । त्यसैले यो दुःखद घडीमा पनि हामी मन बाँधेर कार्यक्रममा सरिक हुनु परिरहेको छ ।

अहिले म अष्ट्रेलियमा छुु । यहाँपछि लगत्तै मेरो अमेरिका, जाजान र बहराइनमा कार्यक्रम छन् । तर म केही दिनका लागि नेपाल आएर सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु । हामी जहाँ छौं जस्तो अवस्थामा छौं त्यहीँबाट सहयोग गरौं भन्ने पनि सबैसँग आग्रह गर्छु । एकले अर्कोको कटु आलोचना गरेर समय बर्बादी गर्नुमभन्दा पनि चहर्याइरहेको घाउमा मलमपट्टी गर्दै उच्च नैतिकता र मानवता प्रदर्शन गरौं । घटनालाई अतिरञ्जितच गरेर विगतका ह्रदयविदारक तस्बिर हालेर परिस्थितीलाई झन गम्भीर नबनाऔं । मनै चुँडिने तस्बिर हालेर पीडामा झन पीडा नथपौं ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close