Page Not Found

थेगु । परदेशी लाईफ संवादाता ।
नेपालको चर्चित लोक दोहोरी गायिका सुनिता दुलाल नेपालीहरुसंग तीज मनाउन दक्षिण कोरिया आउने भएकी छिन । नेपाल अन्नपूर्ण सेवा समाज थेगुले महिलाहरुको महान चाड तीजको अवसरमा थेगुमा गर्न लागेको रमाईलो तीज कार्यक्रममा आफ्नो तीजका गीत तथा दोहोरी गीतहरुबाट नेपालहरुलाई नचाउन गायिका दुलाल आउन लागेकी हुन ।

थेगु देहाक्यो संङसमा हुन लागेको तीज कार्यक्रमलाई भव्य बनाउन अन्नपूर्ण सेवा समाज थेगुले प्रचार प्रसार तिब्र बनाएको छ । कोरियामा प्रत्येक वर्ष सबैभन्दा उत्कृष्ट तीज मनाउदै आईरहेको थेगु क्षेत्रमा कार्यक्रमलाई सफल बनाउन यस क्षेत्रमा धेरैको संख्यामा रहेका नेपाली चेलीहरु समेत सकृय भएर लागेका छन । सेम्टेम्बर ४ तारिख तीज समेत परेको हुदा दिउँसोको कार्यक्रमलाई सफल बनाउन आयोजकले कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था र समुदायमा हार्दिक अपिल समेत गरेको छ । चर्चित गायिका दुलालसंगै कोरियामा रहेका नेपाली स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने बताईएको छ ।

Source: pardeshilife.com