NEWS

सञ्जयको फिल्म चल्नु पर्ने ३ कारण

सञ्जय दत्तको बायोपिक फिल्म अहिले चर्चाको विषय बनेको छ । रणबीर कपुरको अभिनय र सञ्जय दत्तको विवादित जीवनीले पनि फिल्मलाई चर्चामा ल्याउन भुमिका निर्वाह गरेको छ । केही मिडियाहरुले फिल्म चल्नु पर्ने ३ कारण पेश गरेका छन् । हेरौ ति कारण के के हुन् :

१.सञ्जय दत्तको बायोपिक फिल्मको सबै भन्दा महत्वपूर्ण आकर्षण बनेका छन् रणबीर कपुर । जो फिल्ममा सञ्जय दत्तको भुमिकामा छन् । यस फिल्ममा सञ्जय दत्तको जीवनीलाई विभिन्न कोणवाट प्रस्तुत गरिएको छ । यसका लागि रणबीरले निकै मेहनत गरेका थिए । प्रोमो सार्वजनिक भए लगत्तै रणबीरको सञ्जय लुकको तारिफ हुन थालेको छ । यसमा रणबीरले कमेडीदेखि कैदीको भुमिका समेत निर्वाह गरेका छन् ।

२ सञ्जय दत्त र माधुरी दिक्षितको रोमान्स सबै भन्दा रोचक पाटो हो । अहिलेसम्म निर्देशक राजकुमार हिरानीले यस विषयमा कुनै कुरा खुलाएका छैनन् । निर्देशकले त्यसका लागि फिल्म रिलिजको तिथि पर्खिन आग्रह गरेका छन् ।

३ सञ्जय दत्तको ड्र«ग्स एडिगदेखि ३०८ प्रेमिका अर्को आकर्षक प्रसंग हो । यस फिल्मले सञ्जय दत्तको विवादित छबिलाई हटाउन मद्दत गर्छ या थप विवादित बनाउछ प्रतिक्षाको विषय बनेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close