NEWS

विश्वकपलाई सट्टेबाजीको साधन नबनाऊँ

विश्व यतीबेला फुटबलमा झुमिरहेको छ । विश्वभरका जनताका आँखा रसियामा छन् । ३२ राष्ट्रका ६४ गेममा जनताको ध्यान केन्द्रित छ । को खेलाडी कस्ता, कसको खेल कस्तो, इतिहास कसको पक्षमा छ, को बलियो र को निर्धो ? कमजोरी तथा सबल पक्ष विश्वले केलाइरहेको छ ।

यती मात्रै पनि होइन खेलाडीका परिवार विशेषगरी उनीहरुका गर्ल फ्रेण्डका भद्धा तस्बिर पनि विश्वभरका सञ्चारमाध्यममा विकाउ बस्तुका रुपमा प्रयोग भैरहेका छन् ।

विश्वकपको फिभरले नेपाल र नेपालीलाई पनि छोपेको छ । नेपाल विश्वकपमा नपुगेको नै किन नहोस नेपालीलाई खेल खेलिरहेको देशका जनतालाई भन्दा कम चासो र चिन्ता छैन यहाँ ।

बजार विभिन्न देशका जर्सीले रंगीविरंगी छ । चियापसल देखि सार्वजनिक सवारीसम्म खेल र खेलाडीकै चर्चा छ । सामाजिक सञ्जालका भित्तामा खेलालीका तस्बिर र जर्सीकै आतंक छ । समर्थन र जीत तथा हारको आंकलन छ । सञ्चार माध्यमका मुख्य पृष्ठमा यसकै समाचार छ । जनताको शरीरमा जर्सी छ ।

क्याफे तथा होटलमा ठूलठूला स्क्रिनमा रातरातसम्म खेल हेर्नेको ठूलो संख्या छ । खेलप्रति चासो हुनु, हेर्नु र चर्चा हुनु र त्यसमा सहभागी हुनु नराम्रो होइन । यसले विश्वपरिवेशको जानकारी दिन्छ, घटना र विषयप्रति अपडेट राख्छ, सूचनामा अगाडि हुनु भनेको अहिलेको समयमा धनी हुनु पनि हो ।

तर, खेलको नतिजाको पूर्वानुमान लगाएर सट्टेबाजीमा लाग्नु चाँही राम्रो होइन । एकातिर यसले अस्वस्थ प्रतिस्पर्धा बढाउँछ भने अर्कातिर भएको सम्बन्धमा दरार ल्याउने काम गर्छ । त्योभन्दा पनि अर्को नकारात्मक पक्ष यो गैरकानुनी काम हो । त्यसैले यसलाई प्रोत्साहान हैन निरुत्साहित गर्नुपर्छ ।

खेल खेल्ने देश तथा खेलाडीका लागि यो ब्यबसायिकता हो तर हामी हेर्नेका लागि यो मनोरञ्जन मात्रै हो । त्यसैले यसलाई तपाईं हामी गैरकानुनी धन्दाको माध्यम नबनाउँ मात्रै मनोरञ्जनका रुपमा लिऊँ । भाइभाइबीच दुरी बनाउने साधन होइन आपसी भातृत्व बढाउने माध्यम बनोस् । सहभागी सबै टिम र खेलाडीलाई मेरो सुभकामना ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close