NEWS

कम छैनौं हामी, नृत्यवाजहरुलाई सुभकामना !

कलाप्रेमीहरुको लामो प्रतिक्षा पछि सुरु भएको बुगीविगीमा सहभागीहरुलाई सुभकामना । नृत्यका थुप्रै प्रतियोगिता भए पनि यो अन्तर्राष्ट्रिय ब्राण्ड भित्राउनु हुने आयोजकलाई हामीले धन्यबाद दिनैपर्छ । ढिलै भए पनि सुरु भएको यो प्रतियोगितामा सहभागिता जनाउनु हुने सबै सहभागीहरुमा सफलताको सुभकामना ।

विभिन्न समयमा विभिन्न तहबाट सानै स्तरमा भए पनि यस्ता प्रतियोगिता यस अघि पनि भए । त्यसबाट आफूलाई स्थापित गर्नेहरु पनि धेरै हुनुहुन्छ । तर, यति बृहद रुपमा भएको यो प्रतियोगिता भने यो नै अहिलेसम्मको ठूलो हो । यो प्रतियोगिताले अझै धेरै सफलता पाउने र यसलाई धेरै कलाप्रेमी नृत्यबाजहरुले उपयुक्त प्लेटफर्मको रुपमा प्रयोग गर्नसक्नु हुनेछ ।

हजारौं हजार भाइबहिनीहरु हुनुहुन्छ जो अवसर नपाएर आफ्नो प्रतिभा खुम्चाएर बसिरहनु भएको छ, हजारौं भाइबहिनीहरु हुनुहुन्छ जो अवसरको शहर काठमाडौं आउन सक्नु भएको छैन, अनि हजारौं त्यस्ता प्रतिभाहरु छन् जो उजागर हुन नपाएर ज्युँदै मरिरहका छन् । हो यस्ता प्रतिभाको उजागर र सम्मान गर्दै तपाइँको भाग्य र भविश्यको खोजी गर्दै तपाइँकैमा आएको यो वृहद प्रतियोगिता कतै तपाइँकै भविश्य कोर्न पो आएको हो कि ? त्यसैले तपाइँ निर्धक्क आफ्नो कलालाई निर्णायक मार्फत तीन करोड नेपाली माझ पुर्याउनुहोस् र अन्तरनिहित प्रतिभालाई नेपाली माझ चिनाउँदै आफ्नो भविश्य खोज्नुस् । के थाहा यो बुगीउगीको टाइटल तपाइँकै पो हो कि ? बुगीविगीको पहिलो टाइटलका लागि तपाइँलाई सुभकामना ।

प्रतियोगिताका सहभागीको नृत्य हेर्दा लाग्छ नेपालमा कति अब्बल नृत्यवाजहरु छन् । सांस्कृति नृत्य देखि वि वोइङसम्मका नृत्यमा उत्तिकै जिउ चलाउने र कला प्रस्तुत गरेको देख्दा लाग्छ हाम्रो नेपालमा त्यतीकै कुशल डान्सरहरु छन् जति भारत, चाइना र अन्यअन्य देशमा छन् ।

भारतीय टेलिभिजनमा देखिने भारतीयहरुको नृत्यभन्दा हाम्रा भाइबहिनीको नृत्य कम कुशल र आकर्षक छैन । यी त काठमाडौंसँग पहुँच भएका र प्रतियोगिताबारे जानकारी भएकाहरुमध्येका मात्रै हुन्, यस्ता हजारौं प्रतिभा हाम्रा घरघरमा छन्, जो काठमाडौंसम्म आउन सकेका छैनन् । यस्ता प्रतियोगिताहरु फेरि फेरि पनि हुनुपर्छ, जसले हाम्रो प्रतिभाको पहिचान गर्दै अवसरको ढोका खोलोस्, आयोजकलाई फेरि पनि धन्यवाद । ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close