NEWS

प्रसंग एयरलाइन्सकोः असली कि खोक्रो राष्ट्रबाद !

काठमाडौं । केही समय अगाडि भारतले नेपालमाथि नाकाबन्दी लगायो । भारतबाट पेट्रोलियम पदार्थ आयात नभएपछि नेपालमा त्यसको प्रत्यक्ष असर पर्यो । सवारी साधन चलाउन इन्धन भएन, कामकाजीहरु हिँडेरै कार्यालय जान बाध्य भए, खाना बनाउन ग्यास भएन, जनता विकल्पको रुपमा दाउरामा भात पकाएर जिविका धान्न थाले । भारतको वक्र दृष्टि परेपछि जनताले यसैगरी जिजिविसा धाने ।

विश्व भूमण्डलीकरण भैसकेको र विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौताका पक्षधर भएको अवस्थामा भारतले नेपालमाथि गरेको यो ब्यबाहारलाई धेरैले हेपाह प्रवृत्तिको उपज भने । सार्वभौम मुलुक नेपालले त्यसको खुलेर विरोध गर्नुपर्ने जनताले आवाज उठाए । अन्तर्राष्ट्रिय अदालतमा जानु पर्ने सुझाए । सरकारलाई त्यसका लागि दबाब दिए । सरकारले कुटनैतिक तरिकाले केही दबाब दियो । त्यो पर्याप्त थियो या थिएन, धेरै कुरा बाहिर आइसकेको छ । बाँकि इतिहासकै कठघरामा छाडिदिउँ । इतिहासले मूल्यांकन गर्ला ।

त्यो बेला तत्कालीन नेकपा एमाले प्रतिपक्षी दल थियो । कांग्रेस सत्तापक्ष थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको खुलेर विरोध गरे । इन्धन आयातका लागि भारतमा मात्रै निर्भर हुने अवास्थाको अन्त्यका लागि उत्तरर्फ पनि त्यही अनुसारका सन्धीसम्झौता हुनुपर्ने र पूर्वाधार निर्माण गरिनुपर्ने आवाज उठाए । ओलीको त्यही आवाज र अडानले उनको छबी राष्ट्रबादी छबी भएको नेताका रुपमा दरियो अनि एमाले राष्ट्रबादी पार्टी । लगत्तै भएका निर्वाचनमा एमालेलाई जनताले पत्ताए, एमाले ठूलो दल भयो । कारण ओलीको राष्ट्रवादलाई मानियो । संसद्मा ठूलो दलको नेताका हैसियतले ओली पध्रानमन्त्री भए । प्रधानमन्त्री भएपछि उनको भारत भ्रमण भयो । भारती प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गरे । उक्त भ्रमणका क्रममा ओलीको राष्ट्रबाद कति झल्कियो, धेरथोर चर्चा भयो । केहीले आलोचना गरे, केहीले सन्तोषजनक भएको टिप्पणी गरे ।

ओली आज चाइना गएका छन् । उत्तरतर्फको छिमेकी चाइना जाँदा उनी हिमालयन एयरलाइन्समार्फत चाइना गएका छन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि उनी सोही एयरलाइन्समार्फत विदेश शैरमा निष्किएका थिए । अक्सर प्रधानमन्त्रीहरु विदेश भ्रमणमा राष्ट्रिय ध्वजाबहाक विमान प्रयोग गर्छन् । निजी विमान छैन भने  राष्ट्रिय ध्वजाबहाक प्रयोग गर्ने नजिर छ । तर, ओलीले यसलाई लत्याउँदै आएका छन् । यसरी राष्ट्रको प्रतिनिधत्व गरेर जाने राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजाबहाक प्रयोग गर्दा त्यसको ब्राण्डिङ हुने र अर्कोतिर त्यसको विश्वस्नियता बढ्ने विश्वास गरिन्छ ।

तर, प्रधानमन्त्री ओलीले सुरु देखि नै यस विपरित काम गर्दै आएका छन् । कतिले यसलाई उनको राष्ट्रबादी चरित्रमाथि प्रश्न चिन्ह उठाएका छन् भने कतिले स्वाभाविक भनेका छन् । हिमालयन एयरलाइन्सलाई गैरकानुनी रुपमा एयरपोर्टभित्रै कार्यालय राखिएको भनेर आलोचना भैरहेको छ ।

को केमा कहाँ जाने ठूलो कुरा होइन तर त्यसले के अर्थ राख्छ त्यो चाँहि महत्वपूर्ण पक्ष हो । र, जनताले मूल्यांकन गर्ने र धारणा बनाउने पनि उसको यस्तैयस्तै ब्यबाहार र काम हेरेर हो । त्यसैले जनप्रतिनिधीले यस्ता विषयमा ध्यान दिनुपर्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close