NEWS

काठमाडौंका ज्यानमारा सडक

हरियो डाँडा माथि हलो जोत्ने साथी
ह..ह.. तारे ह..ह.., ह..ह.. माले ह..ह..

मध्ये असारको यो मौसममा जनकवी केसरी धर्मराज थापाको यो मौसमी गीत सुन्न काठमाडौंको चार भञ्जाज्याङ कट्नै पर्दैन । भक्तपुर र लिलितपुरका फाँटहरुमा पुगे देखिन्छ । पुरुषहरु दाँदे र बाउसेमा अनि महिलाहरु रोपाईंमा मस्त रहेका । अधिकांश आकाशे पानीकै भर रहेको हाम्रो मुलुकमा वर्षातको पानी नै कुर्नुपर्छ । अन्यथा रोपाईं हुँदैन । खेत बाँझै बस्छ ।

उता पानी नभएर खेतमा धाँदा फुटिरहेका बेला काठमाडौंका सडक भने सानो पानी पर्न बित्तिकै हिलाम्मे हुन्छन् । लाग्छ यि सडक होइनन् धान रोप्न बाउसे गरेर ठिक्क पारिएका खेतका समतल गरा हुन्, जहाँ छिनै रोपाहार हातमा बिऊ लिएर आउने छन् र फटाफट रोप्न थाल्ने छन् । तर होइन यथार्तमा यि त सडक नै हुन्, उहाा गाडी गुड्छन्, त्यो पनि काठमाडौं महानगरपालिकाका ।

नेपालको केन्द्रिय राजधानी, कतिको सपना र अवसरको सहर । कति यो काठमाडौं नै हेर्न नपाई परलोक भैरहेका छन् । पहाडमा पहिरोले पुरेर अनाहकमा नागरिकको ज्यान जान्छ, तराइमा बाडीले बगाएर र डुबेर सर्बसाधरणको प्राण उड्छ । अनि काठमाडौंमा चाहिँ स्कुले नानीहरु सडकमा हिँड्दाहिँड्दै बाडीले बगाएर नालीमा हाल्छ र उनीहरु देह त्याग गर्न बाध्य हुन्छन् ।

राजधानी भन्न बित्तिकै दिमागका आम नागरिक जो गाउँमा बस्छन् र देखेकै छैनन् काठमाडौं, उनीहरुको दिमाले काठमाडौंको कस्तो तस्बिर खिच्छ ? पक्कै पनि सुविधा सम्पन्न । आलिशान घर, फराकिलो चौडा चिल्लो सडक, सडक छेउमा ससना रुख, घुर्मैलो साँझ पर्न नपाउँदै बल्न थाल्ने स्ट्रिट ल्याम्प अनि त्यो सडकमा लस्करै चिप्लिरहेको गाडी ।

तर, हैन, यहाँ न सडक राम्रो छ, न त्यो धान खेत जस्तो सडकमा बत्ति छ । हिलोमा सवारी फस्ने वाक्क लाग्दा सडक त्यसमा पनि सवारी नियम उल्लंघन गर्दै जथाभाबी कुदाइने सवारी साधन र अस्तब्यस्त जाम । लाग्छ काठमाडौं न राजधानी हो, न महानगर । यो त राज्यको आँखा नपरेर कन्तविजोग भोगिरहेको दुर दराजको ठाउँ हो । जहाँ अभागी जनता सतीले सरापेको ठाउँमा जन्म लिएकोमा आपसोच गर्दै जिन्दगी घिसारिरहेका छन् । र, छुट्कारा खोजिरहेछन् यो ज्यानमार सडकबाट ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close