NEWS

जनताको मृत्युको रमिते नबनोस् सरकार

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि प्राकृतिक प्रकोप सुरु भएको छ । तराइका जिल्लामा बाढी र डुवान सुरु भएको छ । अहिलेसम्म गृह मन्त्रालयको तथ्यांक अनुसार करिव तीन जर्दनले ज्यान गुमाइसकेका छन् । मनसुन भर्खर सुरु भएको छ । बाढी आउन भर्खर सुरु भएको छ । डुबान र कटान भर्खर सुरु भएको छ । पहाडि जिल्लामा विगतको अवस्था र सरकारी तथ्यांक हेर्ने हो भने अवस्था कहाली लाग्दो छ ।

पहाडि भूबनोट छ । अलिकति बर्षा हुन बित्तिकै भूकम्पले चिराचिरा परेको पहाड जुनसुकै बेला बग्न र खस्न सक्छ । त्यसमाथि पनि विकासका नाममा पहाडका डाँडाडाँमा डोजर लगाएर खोलिएको सडकको ट्रयाकले पहाडलाई झनै कमजोर बनाएको छ । डोजरले थिलथिलो भएको पहाड पानीले गल्न बित्तकै बग्न थाल्छ । यसले निम्त्याउने मानवीय विनास नै हो । भौतिक पूर्वाधारको क्षती त मानवीय क्षतीका तुलनामा फिक्का भइगयो ।

पानी बर्सेनी पर्छ । बाड पहिरो पनि बर्सेनी जान्छ । अनि मानवीय क्षेती पनि बर्सेनी हुँदै आएको छ । तर पनि यसको न्यूनिकरणका लागि सरकारले खासै ध्यान दिएको पाइदैन । प्रधानमन्त्री कै मातहतमा प्राकृतिक प्रकोप क्षती न्युनिकरण तथा ब्यबस्थापन शाखा त छ । तर त्यसले प्रकोप पीडित तथा पीडितका आफन्तलाई सामान्य राहात दिनु शिवाय केही पनि काम गरेको छैन ।

नेपालीमा एउटा उखान छ, रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो । कुरा सही पनि हो । प्राकृतिक प्रकोप आउँछ भन्ने जान्दा जान्दै पनि सरकार त्यसलाई नरअन्दाज गरेर बसिरहेको छ । हो सरकारले प्राकृतिक प्रकोपलाई आउनै नदिन सक्दैन । किनकी यो सरकारको बलबुता भन्दा बाहिरको कुरा हो । तर, यसको न्यूनिकरण भने अवश्य पनि गर्न सक्छ । त्यसैले यसको पहलका लागि सरकारले ध्यान दिन सक्छ ।

बाढीपहिरो, नदी कटान तथा भूकम्पीय जोखिमका क्षेत्र कुनकुन हुन् पहिचान गरेर सम्भव भएसम्म त्यस्ता क्षेत्रबाट बस्ति सुरक्षित क्षेत्रमा सार्नुपर्छ । एकीकृत बस्ती बसालेर सम्भावीत धनजनको क्षती न्यूनिकरणतर्फ लान्नुपर्छ ।

प्रकोप पछि चाउचाउ र विष्कुट बाड्नु र मृतकका परिवारलाई मृतकको मूल्य तोकेर राहात दिनु मात्रै सरकारको कर्तब्य होइन । सरकारको मुल दायित्व भनेको तर आफ्नो नागरिकको ज्यान जोगाउनु र नागरिकको सम्त्तीको सुरक्षा गर्नु हो । नेपाल सरकारको ध्यान नागरिकको ज्यान गैसकेपछि राहत वितरणभन्दा पनि क्षती न्यूनिकरणतर्फ केन्द्रित हुनुपर्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close