NEWS

धन्यवाद सरकार ! म कृतज्ञ छु

सांगीतिक यात्रा सुरु गरेको पनि दशक नाघिसक्यो । यसप्रतिको लगाव र झुकावको त कुरा गर्दा त मलाई नै थाहा छैन । गीतसंगीतलाई नै करिअर बनाउँछु भनेर लागेको नै दशक नाध्यो । कहिले देखि गुनगुनाउन थालें ? त्यो त मलाई नै थाहा छैन । तर, यो चाँहि थाहा छ मैले आफूलाई अनूभुत गरेको थाहा पाउँदा म गीत गाउन रुचाउँथे । यसको अर्थ सानै देखि गीतसंगीतप्रति मेरो लभाव थियो भन्ने हो ।
आफूलाई मन परेको क्षेत्रलाई नै कर्मक्षेत्र बनाउनु पर्छ भन्ने उद्धेश्यले थुप्रै विकल्प हुँदाहुँदै मैले सांगीतिक यात्रा नै गर्न रुचाँए ।

गीतसंगीतको यात्रा जब मैले थाँले, भाग्य भनौं या मेहनतको फल ? अझ म त यसलाई तपाईं सबैसबै स्रोताको मायाँ भन्न रुचाउँछु, यहाँहरुको मायाँले सुरुदेखि नै मेरा गीतसंगीतलाई रुचाइदिननु भयो । फलतः मैले रोजेको यस क्षेत्रबाट खुट्टो उचालेर अर्को क्षेत्रमा जानु परेन ।

दर्जनौं मेरो गीतहरु आउँदा पनि यहाहरुले म सँगै यात्रा गरेर साथ दिनुभयो । यसका लागि म सँधैसँधै यहाँहरुलाई सलाम भन्न चहान्छु । यहाँहरुले रुचाइदिनु भएकै कारण म आज तपाईंको साथमा छु । तपाईंहरुको साथ र सहयोगकै कारण आज म राज्यको नजरमा परेकी छु ।

सरकारले राष्ट्रिय प्रतिभा पुरस्कार प्रदेश नम्बर ३ बाट मलाई सम्मान गरेको छ । हजारौं सुन्दर प्रतिभाहरुमध्येबाट मलाई सरकारले यसरी सम्मान गर्नु मेरालागि आँफैमा गौरवको कुरा हो । मलाई सम्झिएर यो पुरस्कार प्रदान गर्ने सरकारलाई धेरैधेरै धन्यबाद । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र मन्त्री रवीन्द्र अधिकारीप्रति आभार प्रकट गर्न चहान्छु भने पुरस्कार प्रदान गर्नुहुने श्रद्धेय सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूप्रति कृतज्ञता प्रकट गर्न चहान्छु । र, मलाई यो पुरस्कारका लागि योग्य ठान्नु हुने प्रज्ञापतिष्ठानका कुलपति तथा सदस्यहरुप्रति पनि आभारी छु ।

मलाई सरकारले गरेको यो सम्मानलाई मैले मेरो प्रतिभालाई प्रोत्साहित गरेको रुपमा बुझेकी छु, साथै मलाई राज्यले थप जिम्मेवारी दिएको रुपमा पनि ग्रहण गरेकी छु । राज्यले दिएको यो जिम्मेवारीलाई बोध गर्दै अवश्य पनि आगामी दिनमा नेपाली माटो र सुगन्ध आउने लोकगीत संगीतप्रति निरन्तर लागिरहने छु र आफ्नोतर्फबाट सकेको योगदान दिने छु भन्ने अठोट पनि गर्छु । फेरि पनि सरकारलाई मुरीमुरी धन्यवाद ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close