NEWS

प्रधानमन्त्रीलाई सुभकामना कि ब्यङ्य ?

प्रधानमन्त्रीको धज्जी उडाइएको समय

लगातारको वर्षासँगै केही दिन अगाडि भक्तपुर डुबान भयो । केहीको ज्यान गयो । कयौं घर भत्किए । घर भत्किएसँगै कयौं घरबारविहिन हुँदै विस्थापित भए । भुईं तलामा भएका भौतिक सामग्री पानीमा डुबेर कतिको क्षती भयो । त्यसको कुनै लेखाजोखा छैन । अनुमानित अरबौंको ।

भौतिक क्षती कति भयोभन्दा पनि मानवीय क्षती र बाढीले दिएको शास्तीले स्थानीय हैरान भए । पानी परेको यो पहिलोपटक हैन । र, डुवान भएको पनि पहिलोपटक हैन । तर, यती ठूलो क्षती पुग्ने गरि भएको डुवान भने पहिलोपटक हो । स्थानीय मनोहरा खोलाको बहाव रोकेर गरिएको निर्माणका कारण यो डुवान भएको हो ।

यसको सन्देश मानवीय कारणले नै बाढीको विपत्ती सृजना भएको हो । त्यसैले मानवीय संरचना निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । कस्तो संरचना कहाँ निर्माण गर्दा त्यसको सकारात्मक र नकारात्मक प्रभाव पर्छ, त्यसको पूर्वानुमान गर्नुपर्छ । अन्यथा अहिलेकै अवस्था सृजना हुनसक्छ ।

कोटेश्वर—सूर्यविनायक सडक खण्ड काठमाडौं उपत्यकाकै सबैभन्दा राम्रो सडक हो । अधिकांस चलचित्रको छायांकन यहीँ हुन्छ । यो सडकमा पनि पानी भरियो । सडकमा सवारी साधन चलाउन सक्ने अवस्था थिएन । सडकमा रहेका साना सवारी साधान डुबे । स्कुटर, मोटरसाइकल तथा अन्य साना चार पांग्रे सवारी डुवे । यही परिस्थितीमा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीको धज्जी उडाइयो । प्रधानमन्त्री पानी जहाज चलाउँछु भन्थे अब चलाए भयो । विभिन्न ट्रोल बने । त्यसमा ओली पानी जहाजमा नेपालको झण्डा गाडेर कुदाउँदै गरेका ट्रोल सामाजिक सञ्जालमा भाइरल भए । यसमा प्रतिपक्षी दलका केही नेता देखि कार्यकर्तासमेत सामेल भए । प्रधानमन्त्रीलाई ब्यङग्यात्मक सुभकामना दिए ।

पक्कै पनि प्रधानमन्त्री ओलीले डुवानमा जहाज चलाउँछु भन्नु भएको होइनन् । समृद्ध नेपालको परिकल्पना गर्दै जहाज चलाउँछु भन्नु भएको हो । भलै उहाँले त्यसका लागि कुनै आधार दिनु भएको छैन । रेल कुदाउँछ भन्दैहुनुहुन्छ तर त्यसका लागि उहाँकै सरकारले पर्याप्त बजेट छुट्याएको छैन ।

त्यसैले पक्कै पनि प्रधानमन्त्री ओलीको आलोचना गर्ने ठाउँ छन् । उहाँले पनि आफूले बोलेका कुरालाई कसरी पूरा गर्न सकिन्छ त्यसका लागि विश्वस्थ हुने आधार दिनसक्नुपर्छ । तर, अहिले जसरी बाढीमा उहाँले पानी जहाज चलाइरहेका ट्रोलहरु आए त्यो पक्कै पनि आलोचना योग्य छन् । उहाँले भाषण मात्रै गर्नुहुन्छ या काम पनि गर्नुहुन्छ त्यो हेर्न बाँकी नै छ । त्यसैले यसका प्रोत्साहित गर्ने काम हाम्रो पनि हो, हतोत्साही मात्रै गरेर काम बन्दैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close