NEWS

गोविन्द केसी जनताको पक्षमा, जनता गोविन्द केसीको पक्षमा अनि सरकार कसको पक्षमा ?

म यो ब्लग लेख्न बसिरहेका बेला देश दुई ध्रुवमा बाँडिएको छ । गोविन्द केसी गरिब जनताको पक्षमा भनेर १५ औं पटक आमरण अनसन बसिरहेका छन् । आज तीन हप्ता भयो उहाँ अनसनमा बस्नु भएको । हामी १५ घण्टा खाली पेट राख्न सक्तैनौं । डाक्टरले पनि त्यही सुझाव दिन्छन् । खाली पेट बस्नु हुन्न भनेर सुझाव दिने उहाँ नै हो हामीलाई । यो जान्दाजान्दै उहाँ आफैं आफ्नो ज्यान जोखिममा राखेर सत्याग्रहमा बसिरहनु भएको छ ।

गरिब जनता उहाँको समर्थनमा छन् । नहुन् पनि कसरी उहाँ जनताकै लागी आफ्नो मतलब नगरी अनसन बस्नु भएको छ । तर, दुईतिहाई बहुमतको सरकार उहाँलाई धरपक्कड गरिरहेको छ । आतंककारीलाई जस्तो कहिले पक्राउ गर्छ त कहिले अस्पताल भित्रै पसेर गोली हान्छ ।

विश्वमा नामुद आतंकबादीले पनि कमै हानेको होला अस्पतालमा गोली र बम । तर हाम्रो सरकारले जनताका माग संबोधन गर्न अनसन बसेको सत्याग्रहीलाई लछारपछार गर्छ र उसको समर्थनमा बसेकालाई गोली हान्छ । कसको सरकार हो यो । जनताको कि मुठ्ठीभर ब्यबसायीहरुको ?

काठमाडौंमा दिनदिनै गोविन्द केसीको समर्थनमा सभा र जुलुसहरु भैरहेका छन् । मिडियो उनकै पक्षमा लेखि र बोलीरहेका छन् । अधिकारकर्मी र पेशाकर्मी उनकै पक्षमा छन् । हुँदाहुँदा अब त सरकारकै दलका कतिपय नेतापनि सार्वजनिक रुपमै सभामा सरकारको विरोध गर्दै बोल्न थाले । नेकपाकै नेताहरु गोविन्द केसीलाई भेट्न जान थाले । तर, सरकार अझै पनि दमनकै नीतिमा छ । तरुण दलका नेता कार्यकर्तामाथि सरकारले निर्मम दमन गर्यो । विरोधमा ७७ जिल्लामा प्रदर्शन भयो । अमेरिकामा बस्ने नेपालीले हस्ताक्षर संकलन गरेर संयुक्त राष्ट्रसंघलाई बुझाउँदैछन् ।

सामुहिक अनसन सुरु भयो । त्यसमा अपार सभागिता भयो । आफ्नै कार्यकर्ताले मुख खोल्न मात्रै सकेका छैनन् सरकारको विरोधमा । सरकार प्रमुख यसबारे स्वयम् कार्यकर्ताले सरकारको बचाउ गरेर भन्दै हिड्नु भएको छ । राजनीतिको रंगबाट टाढै रहने पेशाकर्मी तथा व्यक्तिहरुले समेत बोल्न थाले । यी म आज आफ्नो मनको भँडास पोखिरहेको छु ।

घटनाक्रमले सरकार एक्लिदै गएको छ । केसी बलियो हुँदै जानु भएको छ । सम्पूर्ण तालाचावी सरकारकै हातमा छ । जति ढिलो गर्यो त्यसको क्षती त्यही अनुपातमा बढी चुकाउनु पर्नेछ । त्यसैले यदी गोविन्द केसीका माग जायज छन् भने बेलैमा पूरा गरौं । जनताको आवाज हो भने सम्बोधन गरौं । आखिर सरकार भनेको जनताकै त हो । मरेर जाँदा के नै लानुछ र ? एक मानो चामलभन्दा । कात्रोमा खल्ती हुँदैन भन्ने उखान नै छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close