NEWS

‘तिज भनेकै नाच्न गाउन हो…’, हैन त ?

मेरा प्रिय दर्शक तथा स्रोतामाझ म यो पटक विगतका वर्षहरुमा झैं तिज गीत लिएर आइपुगेकी छु । यो पटक मेरो गीतको बोल ‘तिज भनेकै नाच्न गाउन हो…’ मैले मेरै युट्युब च्यानल मार्फत यो गीत भिडियोसहित अपलोड गरेकी छु पक्कै पनि आशा छ सुनेर मन पराइदिनु हुनेछ ।

यो पटक मैले रमेश बिजी दाइको शब्द संकलन तथा बीबी अनुरागी दाइको संगीत संकलनमा गीत गाएकी छु । मधुर बस्नेतको सिनेमेटोग्राफीमा मैले आँफै नृत्य पनि गरेकी छन् । निशान घिमिरेको सम्पादनमा भिडियो निर्देशन कमल राई दाइले गर्नु भएको छ ।
विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि मैले नेपाली भाकामा नेपाली कला, साहित्य अनि संस्कृतिको झल्को दिने गीत तयार गरेकी छु । नेपाली कला संस्कृतिको समद्र्धन र संरक्षण गर्नु सँधै मेरो दायित्व हो र त्यही दायित्त निर्वाह गर्दै मैले यो नेपाली मौलिकता झल्किने गीत तयार पारेकी हुँ ।

तिज हाम्रो संस्कार हो, संस्कृति हो अनि पहिचान पनि हो, त्यसैले आआफ्नो तवरबाट यसको संरक्षण गर्नु हामी सबैको नैतिक दायित्व हो, त्यसैले भड्किलोभन्दा हामी सपरिवार बसेर हेर्न सकिने र गाउन सकिने गीत लिएर मैले तपाईंहरुलाई तिजको उपहार स्वरुप लिएर आएकी छु ।

गीतको बोलले भने जस्तै ‘तिज भनेकै नाच्न गाउन हो…’ नै त हो, होइन र ? त्यसैले त म यो वर्ष पनि तपाईं सँगै नाच्न गाउन तपाईं रहेकै देश तथा सहरमा आउँदैछु ।

तपाईं रहेकै देश अष्ट्रेलिया, अमेरिका, आयरल्यान्ड र युकेमा म यो तिजमा तपाईंसँगै नाच्न र गाउन आउँदैछु । देश बाहिर रहेका स्रोता र दर्शक मात्रै होइन म नेपालमा रहेका दिदी बिहिनीहरुलाई पनि भेट्न आउँदैछु, झापा र काठमाडौंका स्रोता तथा दर्शकहरुसँग पनि यो तिजमा म गाउँदैछु । हामी महिलाहरुको तिज ढुक्कले मनाऔं, देश तथा विदेशमा रहनु भएका सबै सबै दर्शकलाई तिजको अग्रिम सुभकामना !

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close