NEWS

अमेजिङ सिङगिङ रियालिटी सोः ‘द भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’ दुबैलाई सुभकामना, सहभागिलाई सफलताको कामना

गत वर्ष विश्वमै लोकप्रिय मानिएको सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ नेपाल भित्रियो । अधिकांश संगीतप्रेमी नेपालीले रुचाए । त्यसको लोकप्रियता कति थियो भन्ने त्यसको चर्चा, युट्युब भ्युअर्स, टेलिभिजनको टिआरपीबाट पनि थाहा हुन्छ त्योभन्दा पनि ‘नेपाल आइडल’ को लोकप्रियता नाप्ने अर्को महत्वपूर्ण आधार भनेको फाइनल पुगेका टप थ्रि प्रतियोगीले पाएको भोट हो । यदी आयोजकले सार्वजनिक गरेको तथ्यांकमा विश्वास गर्ने हो भने फाइनलमा साढे ९ करोड भोट उनीहरुले पाए, जवकी नेपालको कुल जनसंख्या ३ करोड छ ।

यसको दोस्रो संस्करण अहिले चलिरहेको छ । यसले निरन्तरता पाउनु अर्को सुखद् पक्ष हो । ‘नेपाल आइडल’ को अडिसन चलिरहेका बेला अर्को सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ पनि शुरु भयो । निकै ठूलो पुरस्कार राशी लिएर आएको ‘द भ्वाइस अफ नेपाल’ को विजेताले ब्रान्ड न्यु कारको साथमा २० लाख नगदसहित २० लाख बराबरको भिडियो एल्बमका लागि कन्ट्रायक पाउने छ ।
यो रियालिटी शो को कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल हुनुहुन्छ । उहाँहरुले आफ्नो क्याम्पमा आउने प्रतियोगीलाई गाइड गर्नुहुनेछ यो प्रतिस्पर्धीका लागि वास्तवमै ठूलो अवसर हो ।

दुई वर्ष यता यस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त गायन प्रतियोगिता लगातार भित्रिरहेका छन् । र त्यसले निरन्तरता पनि पाउन थालेका छन् । यो वास्तवमै नेपाली गायन प्रतिभाका लागि ठूलो अवसर त हो नै त्योभन्दा पनि ठूलो पक्ष त यसले भर्खर भर्खर ब्यसायिक हुँदै गरेको नेपाली गीतसंगीत उद्योगलाई थप बढावा दिन मद्धत गर्छ ।

अझै पनि गीतसंगीतमा लागेर केही हुँदैन भनेर आफ्नै छोराछोरीलाई समेत निरुत्साहित गर्ने अभिभावकमा यस्ता प्रतियोगिताले सकारातक छाप छोड्छन् । आफ्नो सन्तानलाई यसमै करिअर खोज्न सहयोग गर्ने वातावरण खडा खडा गर्छन् ।

यस्ता प्रतियोगिताले आर्थिक अवस्था कमजोर भएका प्रतिभालाई एकातिर आफ्नो प्रतिभा उजागर गर्न सहयोग गर्छन् भने अर्कोतर्फ गाउँगाउँमा भएका प्रतिभालाई शहरसम्म ल्याएर आफूसँग भएको प्रतिभालाई निखार्ने अवसर पनि दिन्छन् ।

त्यसो त गला र पैसा मात्रै पनि सँधै ठूलो कुरा होइन । समय र भाग्यले पनि साथ दिँदैन । राम्रो गीत हुँदाहुँदै पनि वर्षौंसम्म पनि क्लिक नभएर ओझेलमा बसिरहनु परेका कयौं प्रतिभा खुम्चिएर बसिरहनु परेको छ । यस्ता प्रतियोगिताबाट आउनेहरुले भने यो समस्या भोग्नु पर्दैन । अधिकांश संगीतप्रेमीले प्रतियोगिताबाटै नोटिस गरिसकेको हुने हुँदा उनीहरुको गीत सजिलै नोटिस हुन्छ । भलै लोकप्रियता कति हुने या नहुने त्यो गायकीमै भरपर्छ ।

जे होस् यस्ता प्रतियोगिताले नेपाली गीतसंगीतलाई माथि उठाउन र थप ब्यबसायिक हुन सहयोग गर्छन् । त्यसैले यस्ता प्रतियोगिता भित्रिने मात्रै होइन निरन्तरता पनि पाउँदै जानुपर्छ ।

‘द भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’ दुबै प्रतियोगिताका प्रतिस्पर्धीहरुलाई सफलताको सुभकामना अनि आयोजकप्रति हार्दिक आभार ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close