NEWS

निर्मलाका बलत्कारी र हत्याराको पहिचान कहिले हुन्छ सरकार ?

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको दुई महिना भयो । सरकार अपराधी खोजी भैरहेको बताइरहेको छ । तर, अपराधी अझै पत्ता लागेको छैन । सारा प्रहरी फोर्स निर्मलाको बलत्कारी र हत्याका दोषीको खोजि गरिरहेको जनाइरहेको छ । तर, अहिलेसम्म न अपराधी पत्ता लागेको छ प्रहरीले मृततका परिवार तथा अफन्तलाई अपराधी तत्काल भेटिने विश्वास नै दिलाउन सकेको छ ।

ठूलो आशा र प्रधानमन्त्रीप्रति भरोसा बोकेर काठमाडौं आएका निर्मलाका बुवा आमा मनमा आशंका बोकेर घर फर्किएका छन् । प्रधानमन्त्रीका आसेपासेले उल्टै हप्तीदप्की गरेको खबर आयो । उनीहरु निराश भएर घर फर्किए ।

निर्दोस व्यक्तिलाई अपराध करार गराउने खोजेको भन्दै स्थानीयले नपत्याएपछि स्थानीयले शुरु गरेको आन्दोलनमा एक जनाको ज्यान नै गयो । केही अझै अस्पतालमा छन् । आखिर प्रहरीले अपराधी भनेर सार्वजनिक गरिएका व्यक्ति अपराधी नभएको डीएनए रिपोर्ट आएपछि प्रहरीप्रती जनातको न भरोसा रह्यो न विश्वास ।

अहिले प्रहरीका उच्च अधिकारी र अन्य उच्चपदस्त व्यक्ति निटक भनिएकाको डीएनए परीक्षणका लागि प्रक्रिया शुरु भैसकेको प्रहरीले बताएको छ । तर प्रधानमन्त्रीलाई भेट्न जाँदा निर्मलाका बुवाआमालाई भएको ब्यबाहार र प्रहरीले घटनास्थलमा प्रमाण मेटाउन प्रयास गरेको भन्दै आएका समाचार हेर्दा प्रहरीले अपराधी पत्ता लगाउन हैन लुकाउन खोजिरहेको छ ।

त्यस यता त्यही कञ्चनपुरमा बलत्कारकै घटना घट्यो । काठमाडौंमा ब्वाइफ्रेण्डले गर्लफ्रेण्डलाई होटलमा मारेर भागेको खबर आयो । सडकमा लखेटी लखेटी बलत्कार गरेका घटना पत्रपत्रिकामा आए ।

घटना एकपछि अर्को आए । तर निर्मलाको घटनाले त्यसलाई ओझेलमा पारिदियो । ती घटनाका अनुन्धान कहाँ पुग्यो, अपराधी पत्ता लागे कि लागेनन्, कारबाही भयो कि भएनन् ? यी प्रश्न कसैले खोजेको छैन ।

अपाराधीक घटना एकपछि अर्को घटिरहेका छन् । दिनदिनै अपराध भैरहेको छ । हुन त प्रहरीका कारण यी अपराध भएका हैनन् । तर अपराधी पत्ता लगाउन उनीहरुले गरेको प्रयासलाई लिएर जनताले असन्तुष्टी जनाइरहेका छन् । प्रहरी शान्ती सुरक्षाको जिम्मेवारी लिएर बसेको निकाय हो । यसले अपराधीलाई जतिसक्दो चाँडो खोज्नु पर्छ । कहिले अपराधी पत्ता लागिसक्यो भन्ने प्रहरी कञ्चनपुर घटनामा लाचार देखिएको छ । प्रहरीले आफ्नो शाख जोगाउन र गुमेका छबी फर्काउन पनि निर्मलाको बलत्कार र हत्यामा संलग्नलाई तत्काल पत्ता लगाउन सक्नुपर्छ । दिदिनै असुरक्षित बन्दै गएको समाजलाई सुरक्षित बनाउन सक्नुपर्छ । निर्मलाको बलत्कारी र हत्यारा कहिले पत्ता लाग्छन् ? जनताले सोधिरहेको प्रश्नको जवाफ काम गरेर देखाउनु पर्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close