NEWS

दसैंको सुभकामना, तिहारको सुभकामना तिहार गीतबाटै दिनेछु

सर्वप्रथम वडादसैंको मेरा सम्पूर्ण स्रोता तथा दर्शलाई सुभकामना । मनले चिताएको पुगोस् । आफन्तसँग बसेर दसैं मनाउन पाइयोस् अनि भातृत्व र भाइचारा पनि बढोस्, म यही कामना गर्छु ।

दसैं लगत्तै आउने तिहारका लागि भने म यो पटक तिहारको कोशेली स्वरुप म तपाईंहरुका लागि तिहार गीत लिएर आउँदैछु । हाम्रै कला, साहित्य, संस्कृति अनि परम्परा झल्किने तिहार गीत लिएर म यो दिपावलीमा म यहाँको घरआगनमा आउँदैछु ।

गीतमा प्रकाश सपुतको शब्द तथा संगीत रहेको छ । बोल मायाँ गीतमार्फत अहिले सम्पूर्ण नेपालीको मनमुटुमा बस्नु भएका प्रकाशको गीत र संगीत मेरो तिहारको गीतमा पनि त्यतीकै राम्रो रहने यहाँ समक्ष म विश्वास दिलाउन चहान्छु ।

गीतमा स्वर भने प्रकाश सपुत, डिबी गुरुङ्, अर्जुन सुनम, टिका पुन र मेरो रहनेछ । यो गीतमा पनि हामीले त्यतीकै धेरै मेहनत गरेका छौं, जती म मेरा अन्य गीतमा गर्दै आएका छौं ।

ब्यबसायिकताले गाँजेको यो समय नेपाली मन र माटो झल्किने नयाँ गीत कमै भेटिन थालेका छौं । त्यसैले यो जिम्मेवारी मैले बोध गरेर मौलिकता झल्किने गीत पस्किने प्रयास गर्दैछौं । प्रतिधाशाली प्रकाश सपुतको सहभागीता हुनुले पनि यसलाई थप पुष्टि गर्छ ।

हिन्दु नेपालीहरुले मनाउने तिहारमा तपाईं स्रोता तथा दर्शकको मन छुने गीत नेपाली, कला, साहित्य, संस्कृति, परम्परा र संस्कार झल्किने गीत तपाईं सामु लिएर आउने वाचा गर्दै पुनः एक पटक दसैंको सुभकामना । तिहारको शुभकामना लिएर म तपाईंको घर आगनमा गीत लिएर आउने छु ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close