Sunita Dulal - साप्ताहिक - 'अन्तर-कुन्तरका कुरा' - सुनिता दुलाल


अन्तर-कुन्तरका कुरा

अन्तर-कुन्तरका कुरा

Published on: साप्ताहिक
Date: Friday, 28 August 2012
शुक्रवार, ८ भाद्र २०६९
Category: सुब्रतसँग अन्तर-कुन्तरका कुरा – Page 11

सबैभन्दा नर्भस भएको क्षण ? – दुई वर्षअघिको तीजमा अमेरिकाको बाल्टिमोरबाट गाडीमा वासिङ्टन डिसीको कार्यक्रममा ट्राफिक जामले गरेर निर्धारित समय भन्दा तीन घन्टा ढिला पुग्दा अत्तालिएर निकै नर्भस भएकी थिएँ ।

Sunita Dulal - Saptahik सबैभन्दा डर कसँग लाग्छ ?

अँध्यारोमा एक्लै बस्न ।

दिनभरिमा कति झुटो बोलिन्छ ?

समयमा कतै नपुग्दा झुटो बोल्न बाध्य भइन्छ ।

तपाईमा भएका तीन कुरा जसले गर्दा केटाहरु भुतुक्कै हुन्छन ?

मेरो मुस्कान, हसिलो मुहार तथा बोलिव्यवहार ।

पछिल्लो राम्रो उपलब्धि ?

आफ्नै कम्पनीबाट भर्खरै निकालेको तीजको एल्बम ‘मेरो हजुर’ अनएस्पेक्टेड बिक्री भैरहेको छ ।

जसलाई तपाई जीवनभर बिर्सन सक्नुहुन्न ?

मेरो करियर बनाउन सहयोग गर्ने तीनजना दिदी शिरिषा, शान्ता र सुवर्ण ।

तपाईका बारेमा एउटा गोप्य रहस्य ?

सबैले मेरो ब्वाइफ्रेन्ड छ भनेर शंक गर्छन, वास्तवमा मैले अहिलेसम्म कसैसँग पिरती लाएकी छैन ।

१० वर्षअघि नै तपाईको विवाह भैसकेको भए ?

शिक्षण पेसामा रहेर असल गृहणीको भुमिका गरिरहेकी हुन्थेँ ।

सबैभन्दा नर्भस भएको क्षण ?

दुई वर्षअघिको तीजमा अमेरिकाको बाल्टिमोरबाट गाडीमा वासिङ्टन डिसीको कार्यक्रममा ट्राफिक जामले गरेर निर्धारित समय भन्दा तीन घन्टा ढिला पुग्दा अत्तालिएर निकै नर्भस भएकी थिएँ ।

सेक्सी लाग्ने तीन स्वदेशी पुरुष सेलिब्रेटी ?

आर्यन सिग्देल, जीवन लुइँटेल र सुराजसिंह ठकुरी ।

गायिका भएपछिको सबैभन्दा ठेलो चित्त दुखाई ?

यो क्षेत्रमा लगानी मात्रै बढी छ, रिटर्न छैन । पाइरेसीले दिक्क बनाएको छ ?

जिन्दगीमा चाहेर पनि गर्न नसकेको काम ?

दिदीको नर्सिङ पढाउने धोको र मेरो पढ्ने रहर अब चाहेर पनि पूरा हुँदैन ।

कुनै सुन्दर तथा सम्पन्न पुरुषबाट डेटिङको प्रस्ताव आयो भने ?

कार्यक्रमहरुमा व्यस्त भएकीले इटिङको लागि सम्म फुर्सद नभएको बेला डेटिङलाई डेट छैन भन्थे ।

बिहान उठ्दा लिंग परिवर्तन भएर सुन्दर युवक हुनु भएछ भने ?

अचम्मित हुन्थेँ, त्यसपछि के हुन्थ्यो भन्न सक्दिनँ ।

विवाहपछिको पहिलो रात श्रीमान् समलिंगी हुन भन्ने कुरा थाहा पाउनुभयो भने ?

उसैको पार्टनरलाई जिम्मा लगाइदिन्थेँ ।

SUNITA DULAL

Comments

 "अन्तर-कुन्तरका कुरा" » 3 Comments.
  • Prabin Kumar ( August 24, 2012 @ 2:53 pm )

    Thanks for sharing Sunita ji.

  • Ram Prasad gautam ( August 24, 2012 @ 5:49 pm )

    हा हा हा हा सुनिता जी रेअल्ली ट्रुथ, सबै कुरा सोचेर सम्झेर बोल्नु भएको , राम्रो लाग्यो, अनि लासका दुइ प्रस्न को उत्तर देखेर हासो लाग्यो, रमाइलो लाग्यो, बेस्ट अफ लक , अनि नया एल्बम ले सफलता पाएको मा मुरी मुरी बधाई छ,

  • Shreeram Timilsina ( August 31, 2012 @ 3:19 am )

    सुनिताजि, तपाईंको एल्बम “मेरो हजुर्” सुने सारै मन पर्‍यो । पछिका दिनहरुमा पनि यस्ता अरु धेरै गितहरु सुन्न पाइयोस । शुभकामना छ मेरो तपाईंलाई मुरी मुरी ।

Post your comment.

Name (required)

e-Mail (required)

Website (optional)