मुस्ताङ सांगितिक सौगातका कलाकारहरु कोरियामा
Published on: Nepali-Korea News
Date: Saturday, 21 January 2012
कोरियाको नयां बर्ष सलनालको उपलक्ष्यमा मुस्ताङ परिवार दक्षिण कोरियाद्धारा यही जनवरी २३ तारिख मुस्ताङ जिल्लाका बालबालिकाहरुको शिक्षाको लागी सहयोगार्थ स्वरुप आयोजना गर्न लागेको ‘मुस्ताङ सांगितिक सौगात’मा आमन्त्रित ५ जना नेपाली सुप्रसिद्ध कलाकारहरुहरुको टोलि आज कोरिया आई पुगेको छ ।
सुप्रसिद्ध आधुनिक युवा गायक राजु लामा अमेरिकाबाट, गायिका तथा कार्यक्रम प्रस्तोता सुनिता दुलाल, नायिका सौजन्य सुब्बा, हांस्यव्यंग्य सम्राट मनोज गजुरेल, र लोक दोहोरी गायक घमेश दुलाल र लोक दोहारी नेपालबाट आउनु भएको । कलाकारहरुलाई स्वागत गर्न मुस्ताङ परिवारका अध्यक्ष निमा गुरुङ र सल्लाहकार संयोजक दिनेश हिराचन ईन्छन एयरपोर्ट पुगेका थिए ।
सिओलको हुकसक दोङ स्थित वन बुलग्यो सिओल हेग्वानमा जनवरी २३ तारिख दिनको १२ बजे देखि हुने उक्त कार्यक्रममा कोरियाको माईनस डिग्रीको जाडोमा आएका दर्शकहरुलाई नेपाली गीतसंगीत नृत्य र हांस्यव्यंग्यले तताउने अनुमान गरिएको छ ।



Direct Link to original post – http://www.nepalikorea.com/news-zoom.asp?sno=16716
SUNITA DULAL

Namaste Sunita ji . Thank you for sharing. All the best to everyone for this event. Take Care Sunita ji.
Hi Didi.,
Thanks a Lot !! didi Tyo Album Ko lagi. Yestai Pragati Gardi januhos…