Sunita Dulal - Past Events - सुनिता दुलाल


स्वर श्रुति साँझ हङकङ (Video)

नेप्लीज आर्ट्स एण्ड कल्चर एसोसिएसन हङकङको आयोजना मा कार्यक्रम ‘स्वर श्रुति साँझ’ गत २४ डिसेम्बर २०११ मा यउ मा तेइ स्थित हेनरी ल्युङ कम्युनिटी हलमा भव्य अनि उत्साहप्रदका साथ सफल भयो । उक्त साङ्गीतिक कार्यक्रमलाई मूलबाटो डट कम ले इन्टरनेट बाट प्रत्यक्ष प्रसारण पनि गरेको थियो । आयोजक, हङकङका दर्शक श्रोता साथै अनलाइन दर्शकहरुलाइ धेरै धेरै आभारहरु व्यक्त गर्दै धन्यवाद टक्राउन चाहान्छु । – सुनिता दुलाल

YouTube Preview Image Continue Reading

प्रेमराजा Night २०६७

प्रेमराजा Night २०६७

फरेन इम्प्लोइमेन्ट एसोसिएसन नेपाल र ढोरेली सेवा समाज तनहुँले यहि चैत १५ (29 March 2011) नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘प्रेमराजा एकल साँझ’ आयोजना गरेको थियो। ‘हामी नेपाली हजुर हामी नेपाली, जहाँ गए’नि जहाँ भए’नि हामी नेपाली…’ बोलको नयाँ राष्ट्रिय गीताबाट सुरुवात एकल साँझको कार्यक्रममा मैले पनि केहि गीतमा प्रेमराजा दाइलाइ स्वरमा साथ दिएको थिए।

प्रस्तुत छ, उक्त कार्यक्रमको भिडियो झलक ।

http://www.youtube.com/watch?v=jbDqq03e9NY Continue Reading

Happy होली

आज फागु पूर्णिमा करिश्मा मानन्धर दिदीको निम्तो मा वहाँ कै घरमा गएर अन्य केही नेपाली कलाकार हरू सँग मनाउने अवसर पाए। अत्यन्त सौहाद्रपूर्ण, उत्सवमय र रँगिन वातावरण मा उत्साहको साथ मैले पनि होलीको आनन्द लिँदै म पनि रँगिए, अब केही तस्विर हरू मार्फत तपाइहरु सँग खेल्न चाहन्छु।

Happy Holi 2067 to you all out there !!!

- सुनिता

 

 

 

 

 

Continue Reading

Cultural Journey For Peace 2010 – USA Virginia

शान्तिका लागी सांगितीक यात्रा २०१०

गत सेप्टेम्बर १४ तारिकमा अमेरिकाको डि सी नेटवर्क क्षेत्र भर्जिनिया राज्यमा त्यहा संगठित ९ वटा नेपाली संघ संस्थाहरुको आयोजनामा आयोजित सांगितीक कार्यक्रमको केहि भिडियो झलक र फोटोहरु यहां राखेको छु, हेरि दिनुहोला।

सधै झै सुझाबहरुको आपेक्षामा ।

Yours Sunita

Video Clips of Cultural Journey For Peace in Nepal 2010 – USA Virginia

Video source: DCNepal

Photo Highlight – Virginia USA Cultural Program 2010

Continue Reading

Washington DC Teej Program 2010

नमस्कार !

गत सेप्टेम्बर १६ तारिकका दिन वाशिङटन डि सी को एउटा रेस्टुरेन्टमा थुप्रै नेपाली दिदी बहिनी र दाजु भाईहरु संग संगै तीज मनाउने अवसर पाए। उक्त कयक्रमको प्रमुख अतिथीमा महमहिम अमेरिकाको लागि नेपाली राजदूत डा शंकर शर्मा हुनुहुन्थ्यो । यहां तपाईहरु संग सो कार्यक्रमको छोटो भिडियो झलक र केहि तस्बिरहरु राखेको छु, हेर्नुहोला । हतारको कारण तैयारी सोचे जस्तो भएन र थकानले स्वर पनी अलि कामेको हो की?

जे होस…

सुझाब तथा प्रतिक्रियाहरु सधै झै स्वागत छन।

सुनिता
———————————

Washington DC Teej Program 2010 – Video clips.

Video source: DCNepal

Some photo of the program

Continue Reading

शान्तिको लागि सास्कृतिक यात्रा २०१०

शान्तिको लागि सास्कृतिक यात्रा साथमा तितोसत्य तथा सांगीतिक साझ – २०१० नेपाल अमेरिका प्रेस क्लब तथा नेपाली कला मंचको संयुक्त आयोजनामा नेपालका चर्चित तथा लोकप्रिय गायक गायिकाहरु यम बराल, सुनिता दुलाल, नलिना चित्रकार तथा चर्चित हाँस्य ब्यंग्य टेलीचलचित्र तितोसत्य का कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला र गोपाल अधिकारीको साथै स्थानिय चर्चित कलाकारहरु रतन सुबेदी, संजीव प्रधान, रमेश उप्रेती, सरिश्मा प्रधान, दिनेश भन्डारी लगायत अन्य आकर्षक प्रस्तुतिका साथ भव्य सम्पन्न भयो।

Continue Reading