म सिंगल नै हो : गायिका सुनिता दुलाल
Published on: Online Sites
Date: August 2012 (भाद्र २०६९)
Source: Radio Audio FM – 106.3MHZ
म सिंगल नै हो : गायिका सुनिता दुलाल
रेडियो जक्की, भिडियो जक्की हुदै गायिकाको रुपमा आफूलाई स्थापित गराएकी गायिका सुनिता दुलाल पछिल्लो समयको ब्यस्त गायिका हुन् । तीजको गीत गाउने गायिकाको रुपमा चिनिएकी सुनितालाई जब जब तीज नजिकिन्छ तब तब झन भ्याईनभ्याई हुन्छ । टिभीमा पनि लोकगीत संगीतका कार्यक्रम चलाउने उनको ‘मायलुले झल्को दिई रहने’, ‘भैगो अब भो’, ‘चेलीको माइतीघर’, ‘फेरि आयो माईत जाने दिन’, ‘दशै आयो जमरा पलायो’, ‘मेरै दिलमा फुल्यौ निरमाया’, ‘अब त मैले नि झुम्का लगाउछु’, ‘तीजको दर’, ‘उनको लागि ब्रत बसेको’, ‘हो कि हैन त सानु’, ‘शिरमा फुल’ लगायतका एल्बम बजारमा आएका छन् । लोक, आधुनिक हुदै उनले प्रितीको फुल, सुरक्षा गार्ड लगायतका चलचित्रमा पनि गीत गाइसकेकी छिन् ।
सिन्धुपाल्चोक जलवीरेबाट काठमाण्डौं आउदा गायिका बनेर नाम कामाउछु भन्ने सोच राख्ने सुनितालाई यति धेरै चर्चित बन्छु होला भन्ने लागेको नै थिएन । जीवनको तेईस बसन्त पार गरेकी गायिका सुनिता दुलालले यसपालीको तीजमा पनि एल्बम ‘मेरो हजुर’ लिएर बजारमा आएकी छिन् । आफ्ना एल्बमका गीत भडकिलो नभएको बताउने उनै गायिका सुनिता दुलालसँग अर्जुनकुमार संग्रौलाले गरेको कुराकानी :
१. आजकाल कत्तिको ब्यस्त हुनुहुन्छ ?
तीजको बेलाको त कुरै नगरौ, दिनमै पाँच ठाँऊ सम्म कार्यक्रम परि रहेको छ । समय मिलाउन पनि गाह्रो भईरहेको छ । तीज फेस्टिभल भनेर धेरै ठाँऊहरुमा कार्यक्रमहरु भई रहेका छन् । ती ठाँउहरुमा माया गरेर बोलाउनु हुन्छ, सकेसम्म त कार्यक्रमहरु छोडदिन तर कतिपय ठाँउमा त समयले गर्दा पनि जान सकि रहेको छैन् । अरु बेला पनि देश विदेशका कार्यक्रमहरुमा ब्यास्त नै छु । धेरै मुलुकहरुमा कार्यक्रम गरिसके, ब्यस्त नै छु भन्नुपर्ला ।
२. तपाई कस्तो किसिमको गायिका ?
तीज गीतबाट मलाई सुनिता दुलाल भनेर सबैले चिन्नु भएको भएता पनि म तीजको गीत गाउने गायिका मात्र होईन । म सबै किसिमका गीत गाउन सक्छु । मेरो दोहोरी गीत पनि उत्तिकै रुचाईदिनु भएको छ । मैले चलचित्रमा पनि गाएकी छु । म आफुलाई भर्सटायल गायिकाको रुपमा चिनाउन चाहान्छु ।
३. तपाई कार्यक्रम संचालिका बढी कि गायिका बढी ?
रेडियो, टिभीमा कार्यक्रम चलाउनु मेरो पार्ट-टाईम काम मात्र हो तर मेरो पेशा भनेको गायन नै हो । त्यसैले म गायिका अलि बढी हु संचालिका भन्दा ।
४. संगीतमा लागेर राम्रो जीवनयापन गर्न सकिन्छ त?
किन नसक्नु मज्जाले सकिन्छ । यदि आफुमा प्रतिभा छ र दर्शकस्रोताले रुचाईदिनु भयो भने संगीतमा पनि राम्रो भविश्य छ । तर शुरुवातमा स्थापित हुन भने गाह्रो नै छ । दर्शक स्रोतालाई मन पर्ने गीत संगीत पश्किन सक्नु पर्यो । प्रतिस्पर्धा धेरै छ, तर त्यो बीचबाट आउन सक्नेलाई भने एकदमै राम्रो छ ।
५. परिवारमा को को हुनुहुन्छ ?
मेरो फेमिलीमा ममी, ड्याडी, दुईजना दाई, भाउजुहरु, दाईको छोराछोरी, जे होस हाम्रो ठुलो परिवार हो । हामी चारजना दिदी बहिनी हौ । म चाही घरकी कान्छी छोरी हु ।
६. तपाई राम्री पनि हुनुहुन्छ, नायिका बन्ने सोच छ कि ?
राम्री भनिदिनुभएकोमा धन्यवाद । नायिका बन्ने त मेरो सोच नै छैन । म गायिका नै ठीक छु । चलचित्रबाट अफर नआएको त होईन तर मलाई नै रुचि छैन् । बरु मलाई गायिकाको रुपमा नै दर्शकस्रोताले मन पराईदिई रहनुहोस् भन्ने लाग्छ ।
७. ब्वाईफ्रेन्ड छ कि छैन ?
म सिंगल हो, नो ब्वाईफ्रेन्ड ।
८. अहिलेसम्म पनि प्रपोज गर्ने आँट कसैले गरेन त ?
हा हा हा…. त्यस्तो होइन । प्रपोज त कति आए कति तर स्वीकार्ने दिन आएको छैन । मलाई कक्षा आँठमै पढ्दा पहिलो पटक प्रपोज आको थियो, त्यो पनि एउटा सिंगै डायरी, सायरी र कविताले भरिएको । त्यसपछि त कति हो कति । अब हेर्नुस, मन पराउने त हजार हुन्छन नि तर जुनी काट्ने एउटै हुन्छ, होईन र ? त्यो जुनी काट्ने साथी चाही भेटेको छैन् ।
९. तपाईको ड्रिम ब्वाई कस्तो होस भन्ने चाहानुहुन्छ त ?
मेरो ड्रिम ब्वाई मेरो पेशालाई सम्मान गर्ने खालको हुनुपर्छ । छोरीमान्छेलाई इज्जत दिने खालको केटा हुनुपर्यो र अर्को कुरा भनेको एकदमै सपोर्टिभ हुनुपर्यो । मलाई बाहिरी रुपरंग भन्दा आत्मा सफा भएको केटाले आकर्सित गर्छ । अहिलेका धेरै सांगितिक जोडीहरुको सम्बन्धमा चिसोपन आएको म आफै पनि पाउछु, त्यसैले विवाह पछिको सम्बन्ध बाँचुन्जेल राम्रो होस भन्ने मेरो चाहना हो । बरु मेरो विवाह ढिला होस तर राम्रो होस, म त्यही चाहन्छु ।
१०. तपाईको लागि विवाहवारी पच्चीस बर्ष पारी कि तीस बर्ष पारी ?
हा हा हा..(लामो हाँसो)….. अहिले सम्म मैले कसैलाई पनि म तपाईसँग विहे गर्छु, मलाई वेट गर्नुस भनेर भनेकी छैन तर पनि अपेक्षा गरौ तीस बर्ष पारी हुदैन होला । मलाई लाग्छ मेरो विवाहको कुरा गर्दा पच्चीस बर्ष पारी नै होला जस्तो छ ।
Source Links:
http://goo.gl/Bjq9Y / http://goo.gl/dqyTl / http://goo.gl/QzYvt
SUNITA DULAL


thanks for sharing Sunita ji. You look great. Keep it up.
hoina Sunita ji 25 ta dherai lamo samaya hudain ra??? mero bichara ma ta dherai bhayo ta…
Thank you Sunita ji you are always great as usual. You are a great girl very nice I like your job. I respect you.
Sunita ji singgal bhayako nai ramro kina ki aafno tarika le kaam garna paine shreeman bhaya pachi ghado hudo rai6a hai… hehe
Dide G you are lovely.
Knock, Knock
I knocked at heaven’s door this morning.
God asked me…My child, what can I do for you?
And I said, Father, please protect and bless the person reading this message.
God smiled and answered…Request granted.