मैले बनाएको म:म मीठो
Published on: अन्नपूर्ण पोष्ट
Date: Thursday, 16 August 2012
बिहीबार, ३२ साउन २०६९
Category: संगी – Page 2
मैले बनाएको म:म मीठो
भान्छामा कति समय बिताउनुहुन्छ ?
अहिले त खाना खाने बेलामा मात्रै भान्छामा हुन्छु । काममा धेरै व्यस्त भएकाले खाना बनाउन भ्याउँदिन । भाउजूले खाना बनाउनु हुन्छ । बिदाको समयमा भने मन परेका धेरै परिकार बनाउँछु ।
भान्छाको काम गर्न कत्तिको रमाइलो लाग्छ ?
भान्छाको काममा मेरो धेरै रुचि छ । खाना बनाउना विशेष रुचि भएकै कारण होम साइन्स विषय पढेँ ।
खाना बनाउन कसरी सिक्नुभयो ?
पहिले पढनको लागि बजारको घरमा बस्दा आफै खाना बनाएर खानुपर्थ्यो । त्यसैले बाध्यताले पनि सिक्नुपर्थ्यो । पछि पढ्दापढ्दै धेरै परिकार बनाउन जानेँ ।
कुन परिकार मीठो बनाउनु हुन्छ ?
चिकेन चिल्ली, मसरुम करी र निउँरो मीठो पकाउँछु । विशेषत: मैले पकाएको खसीको मासु सबैले मन पराउँछन ।
भान्छामा सधैं पाक्ने कुरा ?
हाम्रो भान्छामा साग कहिले पनि टुट्दैन । ममीको लागि लौका, मूला लाभदायक भएकाले प्रायः ती तरकारी पनि पाकेकै हुन्छन ।
मासु कत्तिको पाक्छ ?
सातामा तीन चार दिन हामी मासु खान्छौ ।
पाहुनाका लागि विशेष कुन परिकार बनाउनु हुन्छ ?
माछा, मासु नै विशेष हुन । पाहुना आउँदा अरु बेलामा भन्दा धेरै थरीका परिकार पाक्ने गर्छन् ।
मन पर्ने घरको खाने कुरा ?
भुटेको मकै, भटमास र गुनद्रुकको अचार एकदम मन पर्छ । नेवारी खाजा सेट पनि मलाई मीठो लाग्छ ।
बाहिर खाना खान कत्तिको जानुहुन्छ ?
काम नै बाहिरको भएकाले धेरै बाहिरै खाइरहेको हुन्छु ।
रेस्टुरेन्टमा गएर के खान मन पर्छ ?
मःम एकदम मन पर्छ । त्यसैले प्रायः मःम नै खान्छु ।
कोल्ड ड्रिंक्स कत्तिको पिउनुहुन्छ ?
गीत गाउनुपर्ने भएकाले फ्रिजको चिसो पेयपदार्थ कम पिउँछु । कहिलेकाहीँ मात्र पिउँछु ।
भान्छाको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
भान्छा एकदम सफा चाहिन्छ । खाना बनाउँदा बनाउँदै भान्छा पनि सफा गर्छु । सब्जी काट्नसाथ चक्कु बोर्ड सफा गरिहाल्नुपर्छ । भान्छामा सबै सामान व्यवस्थित हुनुपर्छ भन्ने मलाई लाग्छ ।
भान्छाको सामानको किनमेल कत्तिको गर्नुहुन्छ ?
खाना बनाउन नभ्याए पनि किनमेल भने धेरै नै गर्छु । प्रायः घर नजिकै कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केटमा अन्य सामान र बानेश्वरमा सब्जी किन्छु ।
भान्छामा काम गर्दाको अविस्मरणीय क्षण ?
जुन काम पनि छिटो गर्ने बानी छ । छिटो गर्न खोज्दा अलिअलि चोटपटक लाग्ने घटना त धेरै नै भएका छन । एक पटक इमेज च्यानलको परिकार कार्यक्रम मैले बनाएको भांगको अचार र मःम को धेरै नै प्रशंसा भएको थियो । त्यो कुरा म कहिल्यै पनि बिर्सन्न ।
अन्त्यमा ?
भान्छाको हरेक काम बिशेष ध्यान दिएर गर्नुपर्छ । खाना हाइजेनिक बनाउन सधैं सचेत हुनुपर्दछ । अहिले बजारमा पाइने हरेक सामानमा विशेष ध्यान दिनुपर्छ । पहिलेको जस्तो सीधै खान योग्य वस्तु पाइँदैनन् र सब्जी धुँदा पनि विशेष ध्यान पुर्याउनुपर्छ आफ्नो परिवारलाई स्वस्थ राख्ने कुरामा भान्छामा काम गर्ने व्यक्ति नै सबैभन्दा बढी सचेत हुनुपर्छ । साथै मेरो तीजको नयाँ एल्बम ‘मेरो हजुर’ पनि सुनिदिनुहोला भनेर श्रोतालाई अनुरोध गर्न चाहन्छु ।
प्रस्तुति: विनिता मरहट्टा
SUNITA DULAL

Sunita jee ko bhanai garai sabai ramro 6a hai…
wow!!! Sunita ji tapai ko kura ra dharana ati man paryo cook ko sath-sath songs haru ma pani dhyan dinu hola. take care. have a good luck to you
खानाभन्दा हजुरको गित मिठोछ दिदीको… Sunita didi…
thanks for sharing Sunita ji. Sunita ji is a multi-talented person. God bless you always.
hi sunita ji how are yu ?
if you give me tasty food for me
Sunita ji malai pani hajur ko hat ko momo dinu plz.. hehe
अब खाना नै खाने त कहिले हो र, तर यो सब्जी मार्केट मा देख भेट गर्न चै आउन नै पर्ला जस्तो लाग्यो, मा आउदै छु नेपाल, तरकारी किन्ने ठाउँ न बदल्नु होला है, हजुर लाइ भेट्न नपाए पनि टाढै बाट चाही देख्नु पर्ला के, किर्पया ,, ल हौस्वईफ मा पनि पास ,