Sunita Dulal - Mustang Sangitik Saugat 2012 Korea - सुनिता दुलाल


Mustang Sangitik Saugat 2012 Korea

Mustang Sangitik Saugat 2012 Korea

गत जनवरी २३ तारिक सोमबार ‘मुस्ताङ परिवार दक्षिण कोरिया’ ले कोरियन हरुको नयां बर्ष ‘सलनाल’ को अवसर पारेर मुस्ताङका असाह्या बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न सहयोगको लागी एउटा नेपाली सांस्कृतिक कार्यक्रम ‘मुस्ताङ साङ्गीतिक सौगात’ आयोजना गरेको थियो । कोरियाका अत्यधिक नेपाली बन्धुहरुको उत्साहजनक उपस्थितिले साङ्गीतिक कार्यक्रम ‘मुस्ताङ साङ्गीतिक सौगात’ अपार सफल भएको महसुस गरेकी छु । कार्यक्रमका आयोजक मुस्ताङ परिवार दक्षिण कोरिया लाइ नेपाल बाट हामी कलाकारहरू लाइ आमन्त्रण गरि सामाजिक कामको लागि आयोजना गरिएको मुस्ताङ साङ्गीतिक सौगात मा सहभागी हुने अवसर दिइएकोमा हृदय बाट धन्यवाद सहित आभार व्यक्त गर्दै कोरियाका दर्शक तथा शुभेच्छुक हरुको न्यानोपन र साथलाई सम्झिरहने छु । उक्त कार्यक्रममा भाग लिन दक्षिण कोरियाको राजधानी सेओल पुगेपछि त्यहाँको स्थानीय नेपाली MWTV Korea ले नेपाल बाट आमन्त्रित हामी कलाकारहरू सँग अन्तर्वार्ता लिएको थियो । प्रस्तुत छ, उक्त MWTV Korea ले लिएको भिडियो अन्तरवार्ता ।
- सुनिता दुलाल

YouTube Preview Image vidoe source:mwtv korea

Sunita Dulal Korea 2012

SUNITA DULAL

Comments

 "Mustang Sangitik Saugat 2012 Korea" » One Comment.
  • Prabin Kumar ( January 27, 2012 @ 8:44 pm )

    Thanks for sharing Sunita ji.

Post your comment.

Name (required)

e-Mail (required)

Website (optional)