दम छ दोहोरीमा
Published on: शुक्रवार
Date: Thursday, 23 August 2012
बिहीबार, ७ भाद्र २०६९
Category: अन्तरंग – Page 5
उहिले गाइने लोकभाका र अहिले गाइने लोकभाकामा आकाश जमिनको फरक छ । पहिले गाइने लोकभाकामा भीर, पाखापखेरामा लुकेर रहेको संगित गुन्जन्थ्यो । त्यो गीतले सम्पूर्ण समाजको रेखाचित्र प्रस्तुत गर्ने क्षमता राख्थ्यो । तर, गीत संगितमा भित्रिएको आधुनिकीकरण सँगै त्यो मौलिकताले पनि काँचुली फेरेको छ । संगित र भाका संकलन गर्न कुनाकन्दरा पुग्ने पहिलेका स्रष्टाको तुलना अहिलेको बियर बारमा बसेर संगित सृजना गर्ने ‘सुविधाभोगी’ संकलकसँग गर्न सकिन्न । त्यसैले त लोकभाका, लोकधुन र लोकगीतमा विचलन आएको छ । ‘पानको पात’, ‘रेसम फिरिरी’ लगायत भाका बन्दा अहिले पनि नाच्न तम्सने युवाको खडेरी छैन हाम्रो समाजमा । यद्यपि अहिले बज्ने लोकभाकालाई भने कर्कश गीत भनेर हेय भावना राख्ने थुप्रै भेटिन्छन । नेपाली लोक र आधुनिक गीत गाएर अहिले चर्चामा रहेकी गायिका हुन, सुनिता दुलाल । उनले लोकगीतलाइइ किन प्राथमिकता दिइन त ? स्वरुप आचार्यले उनीसंग गरेको अन्तरंग कुराकानी :
अहिले तीजले छोएको छ । विभिन्न ठाउँमा हुने सांगीतिक कार्यक्रमबाट बोलावट आएको छ । त्यसलाई फाइनलाइज गर्दै छु । दिल्ली, कुवेत र युके जाने फाइनल भइसकेको छ । अन्यत्र पनि कहाँ कहाँ, के–के गर्ने प्लानिङ गर्दैछु । तीजकै लागि नयाँ एल्बम ‘मेरो हजुर’ पनि बजारमा ल्याएकी छु । यस्तै लोक आधुनिक एल्बम ‘शिरमा फुल’ को प्रमोसनमा पनि व्यस्त छु ।
कस्तो छ त लोक गीतको अहिलेको मार्केट ?
राम्रो पनि छ, नराम्रो पनि छ । अधुनिकीकरणले धेरै कुरामा परिवर्तन आएको छ । थुप्रै नयाँ–नयाँ गायकगायिका उदाएका छन् । डिजिटल टेक्नोलोजीले गीत संगितको क्वालिटी बढेको छ । तर, त्यसका साथसाथै पाइरेसीले गायकगायिकालाई हत्तु बनाएको छ ।
तपाईलाई गीत–संगित क्षेत्रमा केले तान्यो ?
मेरो घर सिन्धुपालचोक, जलवीरे हो । मैले एसएलसीसम्म त्यहीँ पढेकी हुँ । मलाई बच्चैदेखि गीत–संगित मन पर्थ्यो । नाच्न पनि मन पर्थ्यो । स्कुलमा हुने हरेक कार्यक्रममा म भाग लिने लिन्थेँ । प्रायः प्रथम नै हुन्थे । कोर्समा पनि अरुणा लामाका बारेमा पढ्नुपर्थ्यो । रेडियोमा अरुणा लामाको गीत धेरै सुन्थेँ । मलाई पनि उहाँजस्तै गीत गाउने इच्छा पलाएको थियो । म गायिका नै हुनुपर्छ भन्ने परेको थियो ।
कसरी प्रवेश गर्नुभयो त ?
एसएलसी पछि पढाइलाई निरन्तरता दिन काठमाडौँ आएँ । पद्मकन्या कलेजमा संगित विषय लिएर पढ्न थालेँ । एङकरिङ ट्रेनिङ लिएँ । त्यसपछि इसिआर एफएममा एङकरिङ गर्न थालेँ । स्कुलमा पढाउँथे पनि । पछि मलाई कृष्णा फिल्म्सले नेपाल टेलिभिजनबाट आउने कार्यक्रम सुसेलीमा कार्यक्रम प्रस्तोता हुन अफर गर्यो । अनि मैले पढाउन छोडेँ । इसिआरबाट स्टार एफएममा आएँ । मलाई गायिका बन्न मन थियो तर पहिले सञ्चारकर्मी बनेँ । लोकगितकै कार्यक्रम चलाउने भएकाले आधुनिक भन्दा त्यो बेला लोकगीतप्रति नै लगाव बढ्न थाल्यो । त्यो बेला गाउन रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुपर्थ्यो । त्यहाबाट स्वर परीक्षा पास गरेँ । त्यसपछि मैले र एक जना गोरखाको साथी मिलेर लोकगीत एल्बम रेर्कड गरायौँ, ‘मायालुको झल्को दिइरहने’ । यसलाई धौलागिरी क्यासेटले एकमुस्ट पैसा दिएर किन्यो । तर, त्यो एल्बमले मलाई खासै चिनाएन ।
अनि कुन गीतबाट तपाई हिट हुनुभयो त ?
मलाई हिट तीजको गीतले गरायो । ‘चेलीको माइतीघर’ एल्बमको ‘आमाले पकाको मिठो दर खानलाई, फुरफर परी बसिराछु माइत जानलाई’ भन्ने गीतले मलाई रातारात हिट बनायो । यो एकदमै चल्यो । मलाई विशेष रुपले चिनाएको तीज गीत नै हो । पछिल्ले समयमा आएर मेरो दोहोरी र लोक आधुनिक पनि मन पराईदिनुभएको छ श्रोताहरुले ।
नेपाल र नेपालबाहिर पनि दोहोरी गीतको मार्केट एकदम राम्रो छ हगि ?
दोहोरी मात्र हैन, सबै गीत–संगितको मार्केट राम्रो छ । सबै गीतलाई राम्रो तरिकाले प्रिजेन्ट गर्न सकियो भने दोहोरी मात्र हैन, सबै गित चल्छन् । तर, अरु गीतभन्दा नेपालमा दोहोरी क्रेज छ ।
हिजोआज दोहोरी गीतमा थुप्रै विकृति आएका छन् । जो पनि गायक बनेर निस्केका छन…
त्यो सत्य हो । अहिले अर्काको भ्वाइसमा रेकर्ड गराएर आफ्नो नाम राखेर निकाल्ने चलन बढेको छ । आफ खालि भिडियोमा मुख हल्लाउँदै उभिने । कुनै पनि क्षेत्रको समस्या भनेको त्यसको उन्नतिसँगै आउने त्यसको विसंगति हो ।
भनेपछि लोकदोहोरीले पहिलाको जस्तो आफ्नो मिठास कायम राख्न नसकेको स्वीकार्नुहुन्छ ?
हो । दोहोरीको नाममा विकृति र अश्लीलता भित्रिएकै हो । हामीले त्यो स्विकार्नैपर्छ र त्यसलाई कसरी हटाउने भन्ने सोच्नुपर्छ । अहिले जोसँग पैसा छ, त्यसैले एल्बम निकाल्ने पारिपाटी विकसित भएको छ । अहिले कुन कुन गीत के हो भनेरै छुट्याउन पनि गाह्रो हुन थालेका छ । कुन गीत तीजको गीत हो, कुन रत्यौली हो, कुन दोहोरी, थाहै हुन्न ।
तपाई मान्छे हेर्दा त रक आर्टिस्टजस्तो देखिनुहुन्छ । लोकदोहोरी गाउनु हुन्छ ?
लोकदोहोरी गाउने भन्दैमा सधै गुन्यूचोली वा सारी नै लगाउनु पर्छ भन्ने त छैन नि । आफूलाई कम्फरटेबल हुने लुगा लगाउने हो । तर, मलाई सारी लगाएको सुहाउँछ भन्छन् धेरैले । मलाई पनि म सारीमै राम्री देखिन्छुजस्तो लाग्छ ।
ग्ल्यामरस कि राम्रीमात्र ?
कति देखाए ग्ल्यामरस हुन्छ, कति छोपे ग्ल्यामरस हुन्छ, मलाई थाहा छैन । मेरो चाहिँ सोवर टाइपको लुक आउँछ । पूर्ण गृहिणीजस्तो ।
केटीले त हैन केटाले भन्लान त्यस्तो ?
हैन, दुबैले भन्छन् ।
तपाईको बिहे गर्ने बेला भयो कि भएन ?
छैन । अझै एकदुई वर्षपछि मात्र हुन्छ ।
कोमल वलीको झै भोलि–भोलि भन्दा उमेर जाला नि ?
जाँदैन । म कोमल दिदीको उमेरको हैन नि । मेरो उमेर नै भएको छैन, बिहे गर्ने उमेर बल्ल आउदै छ ।
बिहे गर्ने सोच भएपछि चक्कर सक्कर पनि होला नि ?
त्यस्तो छैन । अहिलेसम्म बिहे गर्न मन लाग्ने गरी कोही मन परेको छैन ।
भनेपछि कोहि केही हदसम्म मन परेको थियो ?
त्यो त भइहाल्छ नि । त्यो सामान्य हो । प्रस्तावहरु आउँछन् । तर, फोकस करिअरतिरै छ । फुर्सद नै छैन ।
त्यति धेरै टाइम चाहिदैन नि ?
किन नचाहिनु नि ? भेट्नु पर्यो । घुम्न जानै पर्यो, कफी खानैपर्यो । त्यो सबे फुर्सद छैन मसँग ।
फ्युचर प्लान के त ?
म अहिले जेजस्तो अवस्थामा छु, खुसी छु । यसैलाई निरन्तरता दिन्छु । र, लोक–आधुनिक गीत गाउँछु । त्यही हो ।
SUNITA DULAL



hi hello sunita jii hajur ko harey lok geet ani video herni garchu ra hajur lai man mutu dekhi nahi man parau chhu ……….
Hello Sunita jee aagar thpai le mero comment ticheng bhane malai Shirma Phool ko album ko Website pathai dinu bhanee anurodh ghardha choo. mero E-mail padamnhai@yahoo.com ma send ghari dinu hola tapaiko friends Padam Thedi Pyuthan
Thanks
Please subscribe to http://youtube.com/sunitadulal for my music video.
Rain of summer, snow of winter, grace of autumn,
glory of spring, May beauty of every season give
ur heart a beautiful reason 2 smile.May God suceed
u in every exams of ur life. Good luck & God bless u.
Sunita di, please add me On your facebook…