Sunita Dulal - Sunita Dulal - प्रेम गर्ने फुसर्द नै छैन - सुनिता दुलाल


प्रेम गर्ने फुसर्द नै छैन

प्रेम गर्ने फुसर्द नै छैन

Published on: दृष्टि साप्ताहिक
Date: Tuesday, 24 July 2012
मङ्गलबार ९ साउन, २०६९
Category: जम्काभेट

प्रेम गर्ने फुसर्द नै छैन – सुनिता दुलाल, गायिका

के मा व्यस्त आजकाल?
एल्बहरुमै व्यस्त छु । ‘शिरमा फूल’ भन्ने मेरो पहिलो लोक आधुनिक एल्बम भर्खरै बजारमा आएको छ । एकातिर त्यसको प्रमोशनमा व्यस्त छु भने ‘मेरो हजुर’ भन्ने तीजको गीतहरूको एल्बमको पनि अन्तिम तयारी भइरहेको छ । म्युजिक भिडियो बनाउने काम पनि भइरहेको छ ।

गीत गाएरै सुनिता दुलालले धेरै पैसा कमाइन् भन्छन् नि?
मैले मात्र होइन राम्रो गीत गाउने धेरैले पैसा कमाएका छन् । राम्रो काम गरेपछि त्यसको प्रतिफल पनि राम्रो नै हुन्छ । तर, त्यस्तो धेरै पैसा कमाएको पनि होइन, जे होस् आफूलाई पुगेको छ । विभिन्न देशमा गएर गाउने मौका पाइन्छ । विदेशका स्टेज कार्यक्रममा र महोत्सवहरुमा राम्रो पैसा कमाइन्छ ।

एल्बमबाट चाहिँ छैन?
एल्बमको बिक्री जिरो जस्तै छ । विदेशमा अलिअलि भिसिडी पुश सेल हुने हो, बिक्री त खासै छैन । हामीले कमाउने भनेको त कार्यक्रमबाट मात्र हो ।

किन एल्बम बिक्री जिरो भएको?
मुख्य कारण त पाइरेसी नै हो । अहिले डिजिटल टेक्नोलोजीले पनि एल्बम बिक्री घटाएको छ । झोले कम्पनीका कारण पनि समस्या छ ।

अहिलेसम्म कति गीत गाउनुभयो?
बजारमा आउन लागेको तीजको एल्बमसहित मेरो १३ वटा एल्बम भएको छ । फिल्महरूको लागि पनि गाएको छु ।

साउनभरि महिलाहरू शिव भगवानको नाममा व्रत बस्छन् नि तपाई नि बस्नुभएको छ?
व्रत त म पनि बस्ने गर्छु । तर त्यस्तो केही नखाई भने होइन । मासुहरु भने खान्न । परम्परा अनुसार चलेको हो ।

आफ्नै शिव रोज्ने बेला भएन?
अहिले नै सोच छैन । अझै १/२ वर्ष करिअरमा लागेपछि मात्र बिहे गर्ने सोच छ ।

एक–दुई वर्ष पहिले पनि त्यही भन्नुहुन्थ्यो, होइन?
हुन त हो । तर अहिले बिहे गर्ने सोच नै आएको छैन ।

प्रेममा त हुनुहुन्छ कि?
प्रेममा पनि परेको छैन । प्रेममा परेर पनि के गर्ने? टाइम दिनुपर्‍यो । बिहानदेखि बेलुकासम्म काममै व्यस्त होइन्छ । बिहान सात बजे घरबाट निस्किएर बेलुका आठ बजे पुगिन्छ । कामले गर्दा प्रेम गर्ने फुर्सद पनि छैन ।

आफ्नो जीवनसाथी कस्तो होस् भन्ने चाहना छ?
मुख्य कुरा त मेरो प्रोफेसनलाई माया गर्नुपर्‍यो । बाहिर राम्रो भन्दा पनि भित्री मन राम्रो भएको हुनुपर्छ । सायद छिट्टै जुर्ला ।

बिहे नगरे पनि ब्याईफ्रेन्ड चाहिँ होस् जस्तो लाग्दैन?
होस् जस्तो नि लाग्छ, नहोस् जस्तो नि लाग्छ । जीवनमा एउटा जीवनसाथी त अवश्य चाहिन्छ । एक्लै बाँच्न सकिन्न ।
तर ब्याईफ्रेन्ड हुँदा पनि फ्रिडम हुँदैन कि भन्ने हो । एक्लै हुँदा आफ्नो तरिकाले काम गर्न पाइन्छ । ब्याइफ्रेन्ड भएपछि उसको हस्तक्षेप हुनसक्छ ।

तपाईँलाई मन पर्ने गायिका को?
मलाई मन पर्ने भनेको स्वर्गीय अरुणा लामा हो । अहिलेका पनि सबै जसो मन पर्छ ।

फुर्सदको समयमा कसरी बिताउनुहुन्छ?
मलाई फुर्सद नै कहिल्यै हुँदैन । आफ्नै म्युजिक कम्पनी पनि छ । त्यसकारण म कहिल्यै फुर्सद निकाल्न सक्दिनँ । कहिले काहीँ मिलाउँदा भने घुम्न जान र सपिङ जान मन लाग्छ ।

राजनीति चासो लाग्दैन?
चासो लाग्छ। पहिला खासै मतलब हुँदैन थियो । संविधानसभाको कुराहरू आएपछि भने मलाई निकै चासो लाग्न थालेको छ । नेताहरू भनेका हाम्रा अभिभावक हुन् । तर, त्यो भूमिका भने निर्वाह गर्न नसकेको जस्तो छ । विदेशतिर घुम्दा खेरी हाम्रो देशमा पनि त्यस्तै विकास होस् भन्ने लाग्छ ।

Source Link: http://tinyurl.com/sunita-dulal-drishti

SUNITA DULAL

Comments

 "प्रेम गर्ने फुसर्द नै छैन" » 8 Comments.
  • Prabin Kumar ( July 27, 2012 @ 7:51 pm )

    Thanks for sharing Sunita ji. All the best for your career.

  • chakra pratik ( July 27, 2012 @ 8:05 pm )

    Namaste Sunita ji. congrats hajurlai mero id ma mail garidinihola.
    Thanks.

  • Hari Thapa Magar "R.M" ( July 28, 2012 @ 7:09 am )

    thnxxxxxx Sunita ji tapaiko song lai hamile abasya pani like garne 6u …. garirakheka pani chau …..

  • ram karki ( July 28, 2012 @ 12:50 pm )

    Hi Hello Sunita ji hajur ko new song ko ramro sanga bagzzar ma marketing lina sakos sampurna darsak le hajur ko songs lai tarif garos ra hajur ko pani uttarotar pargati ko kaman chha ……….. hajur lai ati manparanu tapai ko darsak ram karki ko subhakama and best of luck Sunita Jee!!!

  • khim bahadur g c ( July 28, 2012 @ 7:53 pm )

    Hi Sunita ji sanchai hunuhuncha. I like all your Nepali songs.

  • dipakjagri ( August 3, 2012 @ 12:15 pm )

    Hi Sunita ji sanchai hunuhuncha. I like all your Nepali songs. ma Dipak

  • salina sapkota ( August 8, 2012 @ 8:44 am )

    Namaste !!!
    hajurko tyo bichar lai ma kadar gar6u.

  • Babu marasini ( August 17, 2012 @ 11:56 am )

    Sunita ji malai tapai ko songs haru nikai man parchha…….!! Tapai ko aaja bholi bazar aaune song kun ho ta??

Post your comment.

Name (required)

e-Mail (required)

Website (optional)