Sunita Dulal - सुनिता दुलालको 'मेरो हजुर' सार्वजनिक - सुनिता दुलाल


सुनिता दुलालको ‘मेरो हजुर’ सार्वजनिक

सुनिता दुलालको ‘मेरो हजुर’ सार्वजनिक

Published on: Glamour Nepal Nepali Entertainment Web Magazine and other various media
Date: Monday, 3 September 2012
भदौ १८, २०६९ – सोमवार

भदौ १७ – बहु-प्रतिभाशाली गायिका सुनिता दुलालको तेह्रौं गीति एल्बम ‘मेरो हजुर’ (तीज विशेष भीसीडी) सार्वजनिक गरिएको छ । गायिका, आरजे, भीजे, मोडल हुँदै ‘तीज क्वीन’ को उपाधि समेत पाएकी गायिका सुनिताले आफ्नो तेह्रौं एल्बम फरक ढंगमा सार्वजनिक गरिन् । तीज विशेष एल्बम ‘मेरो हजुर’ उनले महिलाकै हातबाट सार्वजनिक गराइन् । आइतबार राजधानी त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा आयोजित एक विशेष कार्यक्रममा गायिका कुन्ती मोक्तान, देवीका वन्दना, पूर्व मिस नेपाल उषा खड्गकी र ब्युटिसियन राधा लम्साल ‘भावु’ ले संयुक्त रुपमा उक्त तीज विशेष भीसीडी एल्बम सार्वजनिक गरे ।

सञ्चारकर्मी तथा अन्य विशिष्ट अतिथिहरू माझ विमोचन कार्यक्रममा सुनिताले आफ्नो ‘तीज आयो …’ बोलको तीज गीत गाउँदा पूर्व मिस नेपाल उषा खड्गकी, कुन्ती मोक्तान, देवीका वन्दना र राधा लम्साल लगायत अन्य उपस्थित महिलाहरू तथा अतिथिहरू समेत कम्मर मर्काई मर्काई नाचेर भरपूर मनोरञ्जन गरेका थिए । कार्यक्रममा उक्त एल्बम को दुई वटा म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

सुनिताले आफ्नै म्युजिक कम्पनी ‘कमला देवी डिजिटल प्रा.लि.’ मार्फत बजारमा ल्याएकी उक्त भीसीडी एल्बम ‘मेरो हजुर’ मा ‘सधैं तीजमा व्रत बस्छु…’ ‘अब त मैले नि झुम्का लगाउँछु…’ ‘उनको लागि व्रत बसेको…’ ‘फुल बुट्टे साडी…’ ‘तीज आयो…’ ‘दिलका राजा…’ र ‘फुरफुर परी बसेकी छु…’ जस्ता रमाइला गीतहरू समावेश गरिएका छन् । गायनका अलावा टेलिभिजन कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएकी गायिका सुनिताले भनिन – ‘दर पनि खाने र एल्बम पनि विमोचन गर्ने भनेर कार्यक्रम तयार परेको हुँ, ‘मेरो हजुर’ श्रोताहरूले मन पराई दिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु ।’

यस पालाको तीज देश विदेशमा मनाउने भएकी सुनिता केही दिनमा नै झापा कार्यक्रममा सहभागी भै तीज विशेष कार्यक्रम लिएर कुवेत उड्ने भएकी छिन भने ३-४ दिनको तीज कार्यक्रम सकेर फेरी नेपाल फर्कने र लगत्तै स्याङ्जाको वालिङमा तीज कार्यक्रम मनाउने तयारीमा रहेकी छिन ।


Photo courtesy: Glamour Nepal

Sunita Dulal - Nagarik News - 3 Sep 2012

Sunita Dulal - Annapurna Post - 3 Sep 2012

YouTube Preview Image

News source: http://goo.gl/YFeid

SUNITA DULAL

Comments

 "सुनिता दुलालको ‘मेरो हजुर’ सार्वजनिक" » 2 Comments.
  • Prabin Kumar ( September 3, 2012 @ 1:55 pm )

    thanks for sharing Sunita ji. I wish more success for your ‘ Mero Hajur ‘ album.

  • ram karki ( September 4, 2012 @ 7:05 am )

    very nic song sunita jii i love song

Post your comment.

Name (required)

e-Mail (required)

Website (optional)