Sunita Dulal - Techno TEEJ of Singer Sunita Dulal - सुनिता दुलाल


गायिका सुनिता दुलालको टेक्नो-तीज

गायिका सुनिता दुलालको टेक्नो-तीज

Published on: Living With ICT (Monthly Info-tech Magazine)
Issue: २०६९ भाद्र (August/September 2012)

गायिका सुनिता दुलालको टेक्नो-तीज

अमेरिकामा कार्यक्रममा गएको बखत १८ घन्टा सम्म इन्टरनेटमा समय विताएको अनुभव सुनाउँछिन चर्चित लोकगायिका तथा सञ्चारकर्मी सुनिता दुलाल । अन्य लोक गायकगायिकाको तुलनामा सुनिता दुलाल निकै फेसनबल र टेक्नो–लाइफसँग नजिक छिन ।

Sunita Dulal आफ्नै नाममा सुनिता दुलाल डटकम वेबसाइट सञ्चालन गरिरहेकी यी गायिका फेसबुक र स्काइप बढी चलाउँछिन । सिन्धुपाल्चोक स्थायी घर भएकी दुलालले पहिलोपटक कक्षा ८ मा पढ्दा नै इन्टरनेट चलाएकी थिइन । वेबसाइट, फेसबुकले आफ्नो गायन करियरमा सहयोग गरेको उनी बताउँछिन । ‘मैले सयौं एल्बमहरु वेबसाइटमार्फत नै वेचिरहेकी छु । विदेशबाट कार्यक्रमका लागि पनि वेबसाइट हेरेर नै निम्तो आउने गर्दछ’, उनी भन्छिन् ।

अहिले उनीसँग आइफोन फोर एस र नोकिया सी २ मोबाइल छ । ग्याजेट्समा रमाउने उनले भर्खरै बजारमा आएको एप्पलको नयाँ म्याकबुक प्रो अमेरिकाबाट मगाएकी छिन । बजारमा आएका नयाँ ग्याजेट्स प्रयोग गरिरहने उनले अहिले आइप्याड पनि चलाइरहेकी छिन् ।

१३ वटा एल्बम वजारमा ल्याइसकेकी गायिका दुलालको ६ वटा त तीजविशेष नै छन् । केही दिनअघि मेरो हजुर तीज विशेष एल्बम बजारमा ल्याएकी गायिका सुनिता दुलाल राम्रो कमाउने गायिकामा पर्छिन् । दर्जनौं देशमा कार्यक्रम गरिसकेकी उनी केही दिनपछि नै कुवेत जाने तयारीमा छिन् । नेपाल टेलिभिजनमा संगीत तरगं, र नेपाल एनटीभी २ मा समेत कार्यक्रम सञ्चालन गरिरहेकी उनले धेरैको माया पाएको बताउंछिन । तीजको झझल्को आउने गरी सारी–चोलोमा ड्रासिस ट्याब्लेटसँग फोटो खिचाउँदा उनलाई साँच्चिकै टेक्नो–सुन्दरी देखिएको छ ।

तस्वीर: हरि न्यौपाने, सचिनलाल श्रेष्ठ
5.6 Digital photo studio, Kamalpokhari

SUNITA DULAL

Visit http://www.livingwithict.com/

Sunita Dulal - Living with ICT

Sunita Dulal - Living with ICT

Comments

 "गायिका सुनिता दुलालको टेक्नो-तीज" » 8 Comments.
  • sundar subash ( August 29, 2012 @ 8:25 am )

    Sunita Jee, I liked this article and your photo, superb.
    Sundar Subash

  • BIRENDRA RANABHAT ( August 29, 2012 @ 8:26 am )

    HI SUNITA JI, I AM YOUR FAN. MA HAJURKO SABAI GEET HARU NACHHODERA SUNNE GAR6U. SABAI GEET MALAI UTIKAI MAN PAR6A. SUVAKAMANA 6A RAMRO GARDAI JANU HOLA.

  • keshav pokhrek ( August 29, 2012 @ 8:47 am )

    Hi Sunita ji, how are you and I like your all songs.
    Thanks.

  • keshav pokhrek ( August 29, 2012 @ 8:49 am )

    Hi Sunita jee, Namaste !!!
    very good, nice picture. keep it up.

  • Sujana Mewahang Rai ( August 29, 2012 @ 9:07 am )

    Sunita didee, Nice photo with red and blue sari, keep continue, waiting your new songs.

  • deep ( August 29, 2012 @ 10:47 am )

    Hi Sunita jee Namaskar, you are looking so beautiful in sari… and your songs are also nice, I like very much. Keep it up.
    GBU

  • Prabin Kumar ( August 29, 2012 @ 3:30 pm )

    thanks for sharing Sunita ji.

  • maheshwor B.C (myagdaili) ( August 29, 2012 @ 9:35 pm )

    Malai man parne gaikaa madhya No. 1 ma Sunita Dulal lai nai select gareko 6u, tapaiko swor ani jiu-dhal sundartama vutukkai hun6u, tapaile GOD lai thanks dinai parchha you know why?? GOD le tapai lai sabai chijle varipurna garayeka 6an. God always bless you :)

Post your comment.

Name (required)

e-Mail (required)

Website (optional)