अब अनलाइनमै सपिङ

काठमाडौं । घण्टाघरको सुई घुमिरहन्छ, अबिराम । यसको फेदमा आजसम्म कयौं मान्छे सुस्ताएर बसे होला । तर यो न कहिले थाक्यो न अल्छि नै मान्यो । बरुसमय अबिराम छ भनेर सबैलाई घण्टा घण्टामा ठूलो स्वरमा कराइरह्यो ।
जो घण्टाघरको आदेशलाई शिरोपर गरेर अघि बढे तिनै व्यक्ति लक्ष्यमा पुगे बाँकी बीचैमा अलपत्र परे । यसको मतलव जसले समयलाई चिन्छ त्यही यो दुनियामा सफल हुँदोरहेछ । जसले समय, सूचना र प्रविधिलाई चिन्छ र सही समयमा सदुपयोग गर्छ उसैलाई सहज र सरल पनि हुँदोरहेछ ।

केही कुरा समयले सिकाउँदो रहेछ । केही कुरा प्रविधिले ल्याउँदो रहेछ । मात्रै त्यसलाई कसरी प्रयोग गर्ने भन्ने रहेछ । समय, प्रविधि र त्यसको उपयोग गर्न जानियो भने त्यसले केही फाइदा पनि गर्दोरहेछ । हैन भने प्रविधि दुरुपयोग हुने सम्भावना पनि हुनेरहेछ । त्यही लत भएर पनि बस्दोरहेछ ।

हामी सञ्चार र प्रविधिमा केही पछि नै छौं । तपाइँ हाम्रो देश विदेशको यात्रा र अध्ययनले देखाएको तीतो सत्य पनि यही नै हो । तर, पनि विस्तारै हामी यसमा अभ्यस्त हुँदैछौं । जसको विकल्प पनि छैन ।
त्यही भएर मैले पनि एउटा सुरुआत गरेकी छु । अनलाइन सपिङको । अनलाइनमै तपाइँले आफूले चाहेको डिजाइनका बुटिकका सामग्री डिजाइन गर्न सक्नुहुन्छ । हुनत यो मेरो पहिलो प्रयास होइन । तर, तपाइँहामी दैनिक घण्टौं अनलाइनमा व्यतिथ गर्छौं भने यहीँबाट हामी हाम्रो काम किन सुरुआत नगरौं भनेर थालेकी मात्रै हुँ । तपाइँलाई पनि मन पर्छ भने तपाइँ पनि तपाइँलाई चाहिएको बुटिकका सामग्री, साडी तथा कुर्ताजस्ता पोशाक अर्डर गर्नसक्नु हुन्छ । धेरैले अहिले मलाई अनलाइनमै अर्डर पनि गरिरहनु भएको छ । मलाई यसका लागि डिजाइनमा ड्रिम वेयर बुटिककी मञ्जु बञ्जाराले डिजाइनमा सहयोग गर्नु भएको छ यसका लागि मञ्जु जीलाई धेरै धेरै धन्यवाद । अनि मेरो अनलाइन सपिङमा जोडिनु भएका मेरो स्रोता, दर्शक तथा सुभचिन्तकप्रति पनि आभार ।

मैले प्रोगाममा लगाएको पोशाक हेरेर त्यसै अनुसार अर्डर गर्नुहुनेहरुलाई पनि धन्यवाद । नयाँ प्रविधि र पहुँचमा पुगेर समयको सदुपयोग गरौं । नयाँ प्रविधिलाई आत्मसाथ गर्दै जाउँ । सबैसबैमा मेरो अनुरोध ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email