कलाकार राष्ट्रका गहना नै हुन ?

विश्वव्यापी एउटा मान्यता छ, कलाकार देशका गहना हुन् । कतिपय देशमा त्यही अनुसारको व्यवाहार पनि गरेको पाइन्छ राज्यले । नेपाल भने सायद संक्रमणकालबाट लामो समय गुज्रिएर पनि होला कलाकारलाई गहनाको रुपमा लिएको पनि पाइँदैन ।

कलाकार कुनै जाती, भाषा, धर्म वा भुगोलको हुँदैन । स्वतन्त्र हुन्छ । पंक्षी जस्तै । भूगोलले छेक्न सक्तैन । नदी र पवनलाई जस्तै । उनीहरुलाई कसैले बाध्य पनि पार्न सक्तैन । त्यसैले पनि होला कलाकारलाई देशको गहना भनेको ।

कलाकार पनि एक आम मान्छे नै हो । उसको पनि विचार हुन्छ, भावना हुन्छ र हुन्छ सिद्धान्त प्रति आस्ता वा झुकाव पनि । मात्रै हो नदेखाउने ।

नेपालका हरेक राजनीतिक परिवर्तनका आन्दोलनमा कलाकार अग्रभागमा देखिए । सात सालको आन्दोलनमा होस् या ०४६ सालको जनहान्दोलन अथवा ०६२\०६३ को जनआन्दोलन किन नहोस अथवा भनौैं तत्कालीन माओवादीको १० वर्षे जनयुद्ध कलाकार अग्रभागमा रहे । तर, यसलाई मिसन कलाकारिताका रुपमा बुझ्नुपर्छ जस्तो लाग्छ मलाइ । नागरिकका लागि यस्ता आन्दोलनमा कलाकार समाहित हुनु उचित हो । उपलब्धी प्राप्त हुन्छ । मिसन सकिन्छ । उ पनि आफ्नै लयमा फर्किन्छ । न्त्यसमा कुनै सिद्धान्त वा वादको फुर्को लाग्दैन ।

सुरुमै भन्छु यो मेरो नितान्त व्यक्तिगत विचार हो । यो विचारमा तपाइँ सहमत हुनुपर्छ भन्ने छैन । म जस्तै यहाँ पनि आफ्नो धारणामा स्वन्त्र हुनुहुन्छ र हुनु पनि पर्छ ।

समयसँगै कलाकारिता पनि फष्टाउँदै गयो । कलाको धेरथोर सम्मान पनि हुन थाल्यो । भलै राज्य तहबाट हुनु पर्ने र गर्न सक्ने अझै भएको छैन होला तर व्यक्तिगत तवरबाट स्रोता, दर्शक तथा कलाका पारखीले हामीप्रति देखाउनु भएको अघाद स्नेहप्रति हामी नतमस्त हुनैपर्छ । ह्रदयको अन्तस्करणबाटै स्यालुट गर्नैपर्छ ।

तर, हाम्रो पनि केही दायित्व होलान राज्यप्रति । हाम्रो पनि केही कर्तव्य होला आम नागरिकप्रति । सबै उत्तरदायि हुनुपर्छ । अधिकार खोज्नेले दायित्व पनि भुल्नु हुन्न । कसको जिम्मेवारी के हो हेक्का पनि राख्नु पर्छ ।

कला स्वतन्त्र हुन्छ भने कलाकार सबैका हुन्छन् । केही जाति, धर्म वा दल अथवा सिद्धान्तको छाता मुनु बस्नु उचित हुँदैन । हुनत हाम्रै छिमेकी मुलुकहरुमा कलाकारले राजनीतिक दल नै खोलेर बसेका छन् । तर, त्यसलाई नजिर बनाएर हिड्नु हुँदैन । हामी कलाकार देशका गहना हौं पनि भन्ने अनि राजनीतिक दलको छाता ओढेर पनि हिँड्नु हुँदैन । यदि यसो हो भने हामीलाई राज्यको गहना भन्ने नैतिक आधार पनि छैन ।
राजनीतिक दलको झण्डाको ओत लाग्ने राजनीतिक दलको गहना होला तर समग्र देश र नागरिकको गहना हुन सक्तैन ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email