गीत लेखनमा जम्दै सन्ध्या, नयाँ गीत ‘स्वण पदक’को टेलर सार्वजनिक

। गीत लेखनमा सक्रिय सन्ध्या केसीको शब्द रहेको पछिल्लो गीत ‘स्वर्ण पदक’को टे«लर सार्वजनिक भए लगत्तै सन्ध्याको चर्चा बाक्लिएको छ । विष्णु माझी र राम गोपालीको स्वर रहेको उक्त गीतलाई मालती डिजिटलले बजारमा ल्याएको छ । यस गीतमा राम खड्काको लय रहेको छ ।

पुरा भिडियो जेठ २५ मा सार्वजनिक हुने उक्त गीतमा सगुन शाही ठकुरी र महेन्द्र गौतमले अभिनय गरेका छन् । गीत लेखनमा कलम चलाउन थालेकी सन्ध्याले सबै परिवेशका गीत लेखीसकेकी छिन् । उनका गीतमा माया प्रेमको उल्लास मात्रै हैन वियोगको पिडा पनि भेटिन्छ ‘समाजमा जे जस्ता घट्ना घट्दै जान्छ तिनै परिवेशलाई गीत मार्फत प्रष्ट्याउने प्रयाश गरेकी छु ।’ हाम्रो कलाकार डटकमसँग कुरा गर्दै सन्ध्याले भनिन् ।

उनी लोक, आधुनिक, तीज सबै खाले गीतमा कलम चलाउछिन् । उनको तीज गीत मेलम्चीको पानी, परदेशीको ब्यथा (दसैं गीत) निकै चर्चित छन् । सालै जो, काली मन परी, रोधीको खोलैमा, मायाको पालैमा, हार्दिक, श्रद्धाञ्जली लगायत, मन दिएको छु लगायत दर्जनौ छन् ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email