टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ भव्य रुपमा सम्पन्न भएको छ ।
ग्रुपकी संयोजक स्मृति आचार्यको सभापतित्वमा सुरु गरिएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि तीज महोत्सव २०१६ का इभेन्ट पार्टनर सेश्कान्त सुवेदी रहेका थिए ।
अतिथिहरुमा गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा, मनाङ् समाज जापानका अध्यक्ष पेम्बा शेर्पा, रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ, जनसम्पर्क समितिका डिपी कंडेल, स्पोन्सर प्रेम कंडेल, स्पोन्सर होमराज कार्की, स्पोन्सर दिनेश गुरुङ, जापान सन्देश डट कमका प्रकाशक रविन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थिए ।
औपचारिक कार्यक्रमको उद्वघाटन सभापति आचार्य, इभेन्ट पार्टनर सेश्कान्त सुवेदी, जनसम्पर्क समितिका डिपी कंडेल, स्पोन्सरहरु प्रेम कंडेल, होमराज कार्की, दिनेश गुरुङ, डिजे जोन छन्त्यालले रिवन काटेर गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक कमला कार्पीले दिएकी थिइन भने शुभकामना मन्तव्य जनसम्पर्क समितिका डिपी कंडेल र गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले दिएका थिए ।
यसै बीचमा नेपालबाट आमन्त्रित लोक गायिका सुनिता दुलाल, लोक गायक बैकुण्ठ महत, लोक गायक प्रकाश कटुवाल, जापानमै रहेर सांगीतिक गतिविधि अघि बढाउने गायकद्वय रामकृष्ण बम मल्ल र सुर्य खड्कालाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै गरि म नेपाली ग्रुप जापानका सम्पूर्ण सदस्यलाई प्रमुख अतिथि सुबेदी, अतिथि लगायतले खादा ओडाएर सम्मान गरेका थिए ।
औपचारिक कार्यक्रमको संचालक डिजे जोन छन्त्याल र संचालिका सरु लम्सालले गरेकी थिईन् भने अनौपचारिक सांगीतिक कार्यक्रमको संचालन नान्सु पाण्डेले गरेकी थिइन् ।
अगष्ट २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा सम्पन्न दुई दिवसीय ‘तीज महोत्सव २०१६’ का लागि चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महत जापान आएका थिए ।
Source : http://japansandesh.com/