दुवै मृगौला फेल भएपछि गायक पूर्ण गुरुङ अस्पतालमा, सहयोगका लागि आग्रह

काठमाडौं । गायक पूर्ण गुरुङ उपचारका लागि अस्पताल भर्ना भएका छन् । दुवै मृगौलाले काम नगरेपछि उनलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको हो ।

गुरुङ गायकसँगै एरेन्जर पनि हुन् । उनकी श्रीमती सुमी गुरुङ पनि गायिका हुन् । श्रीमती गुरुङले पैसाको अभावमा उपचार गर्न नसकिएको भन्दै सहयोगका लागि आग्रह गरेकी छन् ।

टिचिङको एनएस टुु ६०७ नम्बर बेडमा रहेका गुरुङको उपचारका लागि सहयोग गर्न चहानेले ग्लोबल आईएमई बैंकमा रहेको उनको खाता नम्बर ३६०७०१००१०८८५ मा पैसा जम्मा गर्न सक्नेछन् ।

९ वर्ष अगाडि मृगौलामा समस्य देखिएपछि उपचार गरे पनि फेरि दुवै मृगौलले काम गर्न छोडेको हो । उपचारमा सम्लग्न चिकित्सकका अनुसार गुरुङको उपचारका लागि ५ देखि २० लाख रुपैयाँ लाग्छ ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email