नागरिकको जीवनसँग पैसा साट्नेहरु, खबरदार !

नागरिकको चेतना स्तरोन्ती गर्ने अभियानमा सहभागी हुन पाएकोमा निकै खुसीको अनुभूती गरेको छु । लेभल बिनाको सामग्री प्रयोग गर्नु हुँदैन र त्यस्तो सामग्री उपभोग गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने सन्देश दिन पाउनु आफैंमा सकारात्मक पक्ष हो । नागरिकको स्वास्थ्यसँग जोडिएको यो अभियानमा जो सुकै अनुबन्ध होस त्यो नागरिकको स्वास्थ्यका लागि भएकाले सराहनीय पक्ष हो । यो पुन्य कार्यमा मलाई छनोट गरेर नागरिकको स्वास्थ्यलाई स्वस्थ बनाउने कार्यमा सहभागी गराउनु हुने आयोजकप्रति आभार व्यक्त गर्न चहान्छु ।

यो अभियानमा मलाई सहयोग गर्ने सुन्दर मनहरुलाई ह्रदयदेखी आभार व्यक्त गर्न चहान्छु । अनकन्टार दूरदराजदेखि आएर कार्यक्रमलाई सफल बनाउने हजारौं लोक गीतसंगीत प्रेमी मनहरुप्रति आभार व्यक्त गर्न चहान्छु । अगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग, साथ र हौसलाको अपेक्षा गर्छु । सँधै व्यवसायिक आँखाले मात्रै हेरिनु हुँदैन । कहिले कहिँ समाज सेवासँग पनि जोडिनुपर्छ । पैसा मात्रै सँधै ठूलो कुरा हैन, समाज सेवा गरेर प्राप्त हुने आनन्द पैसा कमाउँदा आउँदैन । हाम्रो यो अभियानमा लेभल नलगाइएका तथा उपभोग्य म्याद गुज्रिएका खाध्य तथा अखाध्य बस्तु प्रयोग गर्नुहुँदैन भन्ने सन्देश दिनुथियो । शहरबजारमा समेत देखिने यो समस्या दुरदराजका झनै बढी छ ।

चेतननाको स्तर न्यून रहेको समाजमा झनै यो समस्या रहेको आंकलन गरेर सुरु गरिएको यो पुन्य सन्देशमुलक कार्य आगामी दिनमा पनि हुनुपर्छ । आम्दानीसँगै नागरिककको स्वास्थ्यसँग जोडिएको यो कार्यलाई कुनै एक संस्थाले मात्रै होइन धेरै व्यपारिक तथा समाजिक संघसंस्थाले आफ्नो दायित्वका रुपमा अगाडि बढाउनु पर्छ ।

र, यो भन्दा पनि ठूलो कुरा त उपभोक्ताको आयु छोट्याएर अमूल्य स्वास्थ्यसँग खेलवाड गर्ने त्यस्ता उपभोग्य सामग्री उत्पादन गर्ने र त्यसको बिक्री वितरण गर्ने उत्पादक तथा व्यापारिहरु कारबाहीको घेरमा आउनुपर्छ । सरोकारवाला निकायले जनताको स्वास्थ्यसँग खेलवाड गर्नेहरुलाई कानुनको कठघरामा उभ्याउनुपर्छ । सबै उपभोक्ता सचेत नहुन सक्छन् ।

सबैमा चेतनाको स्तर नहुन सक्छ । त्यसैले आफ्ना अन्जान नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो । आफ्नो दायित्वबाट राज्य नभागोस, त्यो भन्दा पनि ठूलो कुरा त कालोधन्दा गर्नेसँग सांठगाँठ गरेर जनताको स्वास्थ्यसँग खोल्ने प्रयास सरोकारवाला निकायले नगरुन् ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email