नारीप्रति सम्मानभाव जगाउने ‘मंगलम’लाई सुभकामना

पुरुषप्रधान नेपाली समाज महिला दबिएकै हुन्छन्, अझ भनौं दबाइएकै हुन्छन् । समाज अनुसार समाजका अबयबहरु चल्छन् । ती अबयबहरुमा समाज प्रतिनिधित्व हुन्छ । चलचित्र पनि समाजकै उपज हो । अझ भन्नुपर्दा समाजको ऐना हो चलचित्र । समाजको ऐनमा समाज देखिने नै भयो । देखिन्छ, देखिँदै आएको छ ।
नेपाली चलचित्रमा महिला पात्रहरु सँधै पुरुषका वरीपरि नै धुमाइन्छ । कथा लेखन देखि सुरु भएको यो प्रक्रिया दर्शकसम्म पुग्छ । समाजको ऐना चलचित्रलाई मान्ने हो भने दर्शकले के सिक्छ ?

गत वर्ष छक्का पञ्जामा महिला पात्रको विषयलाई लिएर ठूलै हल्लीखल्ली भयो । महिलालाई परपुरुषसँग लागेको मात्रै लेखाइएको भन्ने चलचित्रलाई आरोप लाग्यो । अझ महिलाले निर्देशन गरेको चलचित्रमा नै यस्तो विषय उठान गरेको भनेर दीपाश्री निरौलाको पनि आलोचना भयो । त्यस्तो चरित्रमा अभिनय गर्ने वर्षा राउत र प्रियंका कार्कीको पनि चर्को आलोचना भयो, भलै उनीहरुले त्यसको खण्डन गरे ।

अहिले हलमा चलिरहेको छबिराज ओझाको निर्माण तथा नवल नेपालको निर्देशन रहेको चलचित्र मंगलम । जसमा शिल्पा पोखरेल र पुष्प खड्का मुख्य भूमिकामा छन् । चलचित्रले दर्शकलाई रुवाउँछ । नारी केन्द्रित विषय उठान गरेको चलचित्रले महिलाप्रतिको सम्मान र आदर भावलाई अझ उचो बनाउँछ । नारी जननी हुन् भनेर सम्मान गरे पनि धर्ती हुन् र सहनुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ । यसको अर्थ पुरुष अर्थात श्रीमानले जे गरे पनि उसको सुखका लागि महिलाले आफ्नो खुसी र सुखलाई तिलाञ्जली दिनुपर्छ भन्ने स्थापित गरिएको छ । महिलाले यसै गर्दै आएका छन् । यो सत्य हो । तर यसको अर्थ यो होइन कि महिलाले सँधै अरुको खुसीका लागि आफ्ना रहरहरुलाई तिलाञ्जली दिनुपर्छ । तर यसको अर्थ यो पनि होइन कि उसले आफ्नो रहरका लागि घरगृहस्थीमै खलल पुर्याउन् ।

जे होस महिला पुरुष समान हुन् । समान अधिकारका हकदार दुबै हुन् । यसैले हामीले पुराना अतिबादी सोच र रुढस्बादी परम्परालाई भत्काउँदै जानुपर्छ । के महिला के पुरुष सबै समान हुन् भन्ने मान्यता स्थापित गर्नुपर्छ । चलचित्र फगत सस्तो मनोरञ्जन मात्रै होइन यो सूचना र सन्देश प्रवाह गर्ने प्रभावकारी भिजोलको माध्यम पनि हो त्यसैले चलचित्रलाई सदुपयोग गरौैं । ब्यबसायका रुपमा सस्तो विकाउ बस्तु मात्रै नबनाउँ यसले समाजमा पार्ने प्रभावलाई पनि ख्याल गरौैं । छक्का पञ्जाले महिलालाई हेर्ने दृष्टिकोणमा नकारात्मक बनायो भन्ने गुनासा र टिप्पणीहरु आएका बेला मंगलमले महिला कति सक्षम शहनशील हुन्छन् र सम्मानका पात्र हुन् भन्ने स्पष्ट सन्देश दिन्छ । त्यसैले सक्छौं भने हामी समाज र यसका अबयबलाई सहयोग गर्ने काम गरौं सक्तैनौं भने त्यसलाई भत्काउने काम पनि नगरौं । मंगलमले उठाएको विषयबस्तु, प्रस्तुती र सन्देश राम्रो लाग्यो । आगामी दिनमा पनि यो चलचित्र युनिटले राम्रो काम गर्दै जाओस । चलचित्र मंगलम युनिटकलाई सफलताको सुभकामना ।

(सुनिता दुलालको ब्लग)

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email