निरन्तरता नै सफलता

जिन्दगी सरल र वक्र रेखाहरुको यात्रा हो । प्यासन निरन्तरताको माध्यम हो । अनि सफलता मेहनतको प्रतिफल ।

मलाई तपाइँहरुको सफलताको चस्माले हेरे पनि मलाई भने मैले अझै धेरै गर्नुछ भन्ने लाग्छ । त्यसैले म यही सांगीतिक क्षेत्रमा सक्रिय छु । जहाँ तपाइँले मलाई साथ दिइरहनु भएको छ ।
मलाई आज लेख्न मन लाग्यो आफ्नो मनको कुरा । साट्न मन लाग्यो भोगाइ । र, भन्न मन लाग्यो मेरो मनको बह ।

हुन त मैले माथि नै भनिसकें । जिन्दगी भनेको बक्र रेखाहरुको पनि यात्रा हो । जहाँ नचाहेरै पनि हिड्नुपर्छ । बक्र रेखाहरुको यात्राले मान्छेलाई परिपक्व बनाउँछ । अनि खुल्छ सायद सीधा रेखाको यात्रा । भेटिन्छन् चौवाटा र रोज्नु पर्छ तिनै मध्येका केही बाटाहरु ।

सायद म भाग्मानी थिएँ होला । त्यसैले धेरै तरेली र खोँचको यात्रा त गर्नु परेन । तर, धेरै अग्रज हुनुहुन्छ जसको सफलता आज यत्तिकै प्राप्त भएको होइन । उहाँहरुको संघर्षको कथाले हामीलाई प्रेरणा प्रदान गरिरहेको हुन्छ । संघर्षका लागि प्रेरित गरिरहेको हुन्छ ।

मैले भन्न खोजेको यात्रा लामो छ । संघर्ष धेरै गर्नुछ । आजै हतास हुनु हुँदैन । निरन्तरता नै सफलता प्राप्तीको बाटो हो । हण्डर र ठक्कर नै जिवन ज्युन सिकाउने काइदा हुन् । यसलाई सिकाइ ठानेर हामी अगाडि बढ्नुपर्छ । निश्चय नै सफलता हात लाग्नेछ ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email