नेपाल आइडलका लागि तपाइँलाई सुभकामना !

कलाप्रेमीहरुको लामो प्रतिक्षा पछि सुरु भएको नेपाल आइडलमा सहभागीहरुलाई सुभकामना । छेवैको भारतमा थुप्रै इण्डियन आइलका श्रृखलाको सुखद अन्त्य भइसक्दा बल्ल यहाँ सुरु भयो । ढिलै भए पनि सुरु भएको नेपाल आइडलमा सहभागिता जनाउनु हुने हजारौं सहभागीहरुमा सफलताको सुभकामना !

विभिन्न समयमा विभिन्न तहबाट केही सानै स्तरमा भए पनि यस्ता प्रतियोगिता यस अघि पनि भए । त्यसबाट आफूलाई स्थापित गर्नेहरु पनि धेरै हुनुहुन्छ । तर, यति बृहद रुपमा हुन लागेको यस्तो प्रतियोगिता भने यो नै अहिलेसम्मको ठूलो हो । यो प्रतियोगिताले अझै धेरै सफलता पाउने र यसलाई धेरै कलाप्रेमीहरुले उपयुक्त प्लेटफर्मको रुपमा प्रयोग गर्नसक्नु हुनेछ ।

हजारौं हजार भाईबहिनीहरु हुनुहुन्छ जो अवसर नपाएर आफ्नो प्रतिभा खुम्चाएर बसिरहनु भएको छ, हजारौं भाईबहिनीहरु हुनुहुन्छ जो अवसरको शहर काठमाडौं आउन सक्नु भएको छैन, अनि हजारौं त्यस्ता प्रतिभाहरु छन् जो उजागर हुन नपाएर ज्युँदै मरिरहका छन् ।

हो यस्ता प्रतिभाको उजागर र सम्मान गर्दै तपाइँको भाग्य र भविश्यको खोजी गर्दै तपाइँकैमा आएको यो नेपाल आइडल कतै तपाइँकै भविश्य कोर्न पो आएको हो कि, कतै तपाइँलाई खोज्दै तपाइँको शहरमा आएको पो हो कि ? त्यसैले तपाइँ निर्धक्क आफ्नो गलालाई तपाइँको सामु आएका निर्णायक मार्फत तीन करोड नेपाली माझ पुर्याउनुहोस् र अन्तरनिहित प्रतिभालाई नेपाली माझ चिनाउँदै आफ्नो भविश्य खोज्नुस् ।

के थाहा यो पहिलो टाइटल तपाइँकै पो हो कि ? नेपाल आइडलको पहिलो टाइटलका लागि तपाइँलाई सुभकामना !

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email