काठमाडौं । गायिका सुनिता दुलालले बाढीपीडितलाई सहयोग गरेकी छिन् । बाढीपीडितलाई सहयोगका लागि भन्दै सुरु भएको ‘पिपुल टु पिपुल’ अभियानमा आबद्ध हुँदै उनले २० हजार ५ सय रुपैयाँ सहयोग गरेकी हुन् ।
तराईका दुई दर्जन भन्दा धेरै जिल्लामा वर्षासँगै आएको बाढीले डेढ सय भन्दा धेरैको ज्यान लिएपछि विभिन्न व्यक्ति तथा संसंस्थाले पीडितलाई सहयोग गर्दै आएका छन् ।
“यो दुःखद परिस्थितीमा पीडितलाई सहयोग गर्नु हामी सबैको दायित्व हो,” गायिका दुलालले भनिन् ।”
उनले एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सकेको सहयोग गर्नु पर्नेमा जोड समेत दिइन् । हाम्रा मानव निर्मित भौतिक पूर्वाधार कमजोर भएकाले पनि प्राकृतिक प्रकोपबाट बर्सेनी ठूलो मात्रामा धनजनको क्षेती हुने भन्दै उनले क्षती न्यूनीकरण गर्न भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ध्यान दिनुपर्ने बताइन् ।