‘बुद्ध वाज वोर्न इन नेपाल’ अभियान धिरज राई र रवी लामिछानेसँगै म (सुनिता)

लामो समय देखि भारतले बुद्ध भारतमा जन्मिएका हुन् भनेर झुटो प्रचार गरिरहेको छ । पहुँच र प्रविधिमा अगाडि रहेको उसले यो प्रचारले धेरैलाई बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । यसलाई चिर्दै भारतमा हैन बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन हामीले दिनु जरुरी छ ।

सुनिता दुलाल
……………
गायक धिरज राईले बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैल्याउन नयाँ रेकर्ड बनाएर गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयास थाल्नु भएको छ ।  

यसका लागि शैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्तिभेला भएर बुद्धको उपदेश पढेर नयाँ रेकर्ड बनाउने तयारी गरिएको उहाँले गर्नु भएको सुन्दा खुसी लागेको छ । उहाँले यस अगाडि नै नेपालसहित विभिन्न देशमा यो अभियानलाई आफ्नो तर्फबाट अगाडि बढाइरहनु भएको थियो । आफ्नो फेसबुकमा लाई गरेर होस् या तस्बिरमार्फत होस् बुद्ध नेपालमा जन्मिएको सन्देश दिइरहनु भएको थियो । जसको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । व्यक्तिगत तवरबाट सकेको प्रयास उहाँ (धिरज राई) ले गर्नुभयो । यो उहाँको ध्यानाकर्षण गर्ने तरिका थियो । भलै यसलाई कतिले नोटिस गरे होलान् कतिले गरेनन् होला त्यो फरक विषय हो ।
 
उहाँले बताएअनुसार यही माघ २७ गते शैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्ति एकैपटक जम्मा गरेर बुद्ध गुरुले भगवान गौतम बुद्धको उपदेश पढ्नु हुनेछ र बुद्ध वाज वोर्न इन नेपाल भन्नु हुनेछ । उहाँले भनेपछि सहभागी ५० हजारले उपदेश दोहोर्याएर बुद्ध वाज वोर्न इन नेपाल भन्नेछन् । र, यो रेकर्डका रुपमा गिनिज बुकमा नाम लेखिनेछ । 
यो अभियान उहाँ (धिरज राई) ले सुरु भर्नुभयो । मलाई लाग्छ उहाँलाई हामीले सहयोग गर्नुपर्नेछ । हुन त उहाँले हामीलाई व्यक्तिगत रुपमा आग्रह गर्नु भएको छैन । सहभागी हुनुपर्छ भनेर भन्नुपर्छ पनि भन्नु भएको छैन । तर उहाँले पवित्र आत्माले सुरु गर्नु भएको यो कार्यमा हामीले पनि सहयोग गर्नुपर्छ । यो हाम्रो नैतिक जिम्मेवारी पनि हो । त्यसैले म सबैलाई आग्रह गर्छु,–‘म त धिरज राईको यो पवित्र कार्यमा सहभागी हुन माघ २७ गते टुँडिखेल जाँदैछु । तपाइँ पनि आउनुस् है ।’

हामी ककलाकार राष्ट्रका गहना हौं भन्छौं । त्यसैले हाम्रो पनि जिम्मेवारी हुन्छन् । भलै राज्यले तोकेको छैन होला तर कतिपय कुरा यस्ता हुन्छन्, जुन आँफैले बुझेर गर्नुपर्छ । 

लामो समय देखि भारतले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर झुटो प्रचार गरिरहेको छ । पहुँच र प्रविधिमा अगाडि रहेको भारतको यो प्रचारका कारण धेरैलाई गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । त्यसैले यसलाई चिर्दै भारतमा हैन बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन हामीले दिनु जरुरी छ । विश्वभर यो सन्देश पुर्याउनु पर्नेछ तर सजिलो पक्कै छैन । त्यसैले केहीन केही रचनात्मक तरिकाबाटै हामी विश्वसामु पुग्नु छ । यसका लागि उहाँले गर्नु भएको यो प्रयासलाई सबैको साथ चाहिएको छ । हाम्रो गौतम बुद्धलाई ‘हाम्रा हुन्’ भन्ने भारतलाई चुनौती दिदैं वास्तविकता सबैसामु छर्लङग बताइदिनुछ । 

रवी लामिछानले आफ्नोतर्फबाट विश्वकै लामो प्रत्यक्ष अन्तर्वार्तामार्फत योगदान गरिसक्नु भएको छ । होला हामी उहाँहरुले गरेजत्तिको योगदान आफ्नै पहल र श्रममा गर्न सक्तैनौं होला तर उहाँहरुसँगै लामबद्ध भने हुन सक्छौं । उहाँहरु जस्तो अभियान्ता बन्न सक्तैनौं होला तर उहाँहरुले देखाएको बाटोमा हिड्न सक्छौं । धिरज दाइले भन्नु भएको बाक्य मलाई कपी गर्न मन लाग्यो,जसले मलाई पटक पटक छोयो र झक्झक्यो, “शनिबार एक दिन बुद्धका लागि ।”
यदी एउटा शनिबारको केही घण्टा हामीले उहाँलाई साथ दिँदैमा बुद्ध नेपालमा जन्मिनु भएको सन्देश फैलिन्छ भने किन हामी पछि हट्ने ? सबै मिलौं, हातेमालो गरौं एकै पटक धिरज दाइ (राई) सँगै भनौं,– ‘बुद्ध वाज वोर्न इन नेपाल ।’

यसअघि यस्तै प्रकारको रेकर्ड भारतले ४७ हजार व्यक्तिको उपस्थितिमा गरेको हुनाले त्यसलाई तोड्न ४७ हजारभन्दा धेरै सहभागीको आवश्यक रहेको छ । यसका लागि हामी एक जुट हुनु छ । 

सुरक्षाको चाँजोपाँजो मिले पनि उहाँ (धिरज राई) का अनुसार आर्थिक सहयोगको आवश्यकता छ । त्यसैले हामी पनि मुठ्ठि खोलौं । 

सन् २००६ देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियान चलाउँदै आउनु भएका उहाँलाई एकदिन साथ दियौं । माघ २७ गते टुँडिखेलमा गएर एक स्वर गरौं, र भनौं,–‘बुद्ध वाज वोर्न इन नेपाल ।’

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email