काठमाडौं । एउटा रमाइलो गीत म तपाइँहरुका लागि चाँडै नै समर्पित गर्दैछु । एक/दुई वर्ष विवाह गर्न ढिलो भयो भने साथी संगी, परिवारजन र आफन्तले तपाइँ हामीलाई गर्ने प्रश्न नै मेरो यो गीतको मुख्य कथानक हुनेछ । तर यो गीतको कथा मेरै भने हैन है ।
रमाइलो तर वास्तविकता बोकेको यो गीत सकेसम्म चाँडै तपाइँहरुलाई दिने प्रयासमा छु । जय देबकोटा र मेरो स्वर रहने गीतमा नबराज कौडालको शब्द रहनेछ । आशा छ तपाइँहरुले मन पराइदिनु हुनेछ ।
गीत छ यस्तोः
संगीनिले खिसी गरि जिस्काउँछन् जैले
आतिन्छ मन मेरो बिहे कैले होला कैले
मुहार देख्नै पा छैन
कस्तो भयौ काले कुनै खबर आ छैन
मुहार देख्नै पा छैन