काठमाडौं । म आउँदैछु तपाइँहरु सामू नयाँ गीत लिएर । थोरै तर राम्रा गीत तपाइँहरुलाई दिएर म प्रतिको यहाँहरुको विश्वासलाई अझ उचो पारुँ भन्ने मेरो सदाको चहाना हो । त्यसैले यो पटक पनि म तपाइँहरुका लागि निकै मेहनत गरिरेकी छु नयाँ गीतका लागि ।
तपाइँले अहिले सोचिरहनु भएको होला सुनिताको अर्को लोक वा दोहोरी गीत आउने भएछ भनेर । तर, होइन । म यो पटक यहाँहरुका लागि स्वदेश गान लिएर आउँदैछु । यसका लागि म अहिले अन्तिम गृहकार्यमा जुटिरहेकी छु । मेरो गीतको एरेन्जमेन्टको क्रममा महाराज दाइको टेवलमा छ ।
तपाइँ हामीलाई मन पर्ने संगीत साधक संगीतकार सुरेश अधिकारी, गीतकार कुमार अबिबाहित र एरेन्जर महाराज थापा दाइसँग सांगीतिक सहकार्य गर्दैछु । यो गीतमा मेरो एकल स्वर रहने छैन । थुप्रै गायक गायिकाले स्वर रहनेछ । गीत सकेसम्म चाँडै आउँदैछ ।
तिज र लोकदोहोरीमा मलाई मायाँ गरे जस्तै तपाइँले स्वदेश गानमा पनि तपाइँको साथको अपेक्षा गरेकी छु ।
मेरो गीतको शब्द यस्तो छः
घाम लाग्यो महाकाली तिर बोकेर मेचीको सन्देश
सुनाउँदै विश्वभरी खबर नेपाल यो कति राम्रो देश
सगरमाथा शिर रहेछ पहाड चौडा परेको छाती
हिमाल तराई मिलीजुली बस्ने नेपालीका धेरै जाती
जीवन बोकी बग्ने नदी बनमा जडी ओखती
हेर्दा यस्तो लाग्छ साथी यो स्वर्गको टुक्रा होकी
घाम लाग्यो महाकाली तिर बोकेर मेचीको सन्देश
सुनाउँदै विश्वभरी खबर नेपाल यो कति राम्रो देश