डा. भोला रिजालको एउटा गीतको अंश छ, ‘कोही आउने कोही जाने रित हो…’ । पक्कै पनि गीतको यो अंशले भने जस्तै मान्छेको जिन्दगी क्षणभंगुर छ । जन्मिए पछि मर्नुपर्छ । आफ्ना आफन्त छोडेर जानैपर्छ ।
तर, पनि कहाँ मान्दोरहेछ र यो मन जव आफन्तले नै छाडेर जाँदोरहेछ । मृत्यु शास्वत सत्य छ । सवैले यसलाई वेहोर्नु नै पर्छ । न कोही यसबाट भाग्न सक्छ न कसैले छल्न ।
यहाँ नेर मलाई रामकृष्ण ढकालको गीतको अर्को अंश याद आयो, ‘यो त सव भन्ने कुरा न हो…’ । हामी अरुलाई पर्दा मृत्यु सबैलाई लिन आउँछ । कुरा ढिलो र चाँडोको मात्रै न हो भन्छौं । तर, यी कुरा सबै आदर्श हुन् भन्ने महसुस त्यतीबेला हुन्छ जति बेला आफूलाई आइपर्छ ।
आज हामीलाई त्यस्तै अनुभूत भइरहेको छ । सानै उमेरमा राम्रो सफलता पाएका र यूवा पुस्ताको मनमनमा बसेका यम बुद्धले छोडेर गए । उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा थरिथरीका बहस भइरहेका छन् ।
खैर उनी गइसके । अब अब उनको मृत्युलाई लिएर बहस गर्नुको कुनै तुक छैन । त्यसैले हामी यति कामना गरौं उनको आत्माले शान्तिले पाओस्, स्वर्गमा बास होस । हार्दिक श्रद्धाञ्जली ।