यसबर्षको उत्कृष्ट तीज गीत सुनिताको ‘यसपाली नी खानी दर’, उत्कृष्ट मोडलमा बिजय र ऋचा

भदौ, काठमाडौं । ‘तेस्रो तीज म्युजीक अवार्ड’ सम्पन्न भएको छ । राजधानीमा भएको सो अवार्ड कार्यक्रममा यसबर्ष (बि.सं २०७३) मा बजारमा आएको तीज गीतहरु मध्ये १९ बिधामा मनोनयनमा परेका गीत तथा स्रष्टाहरुलाई सम्मान गरीयो । छाँया छवी कृयशनको आयोजनामा भएको ‘तेस्रो तीज म्युजीक अवार्ड २०७३’ मा तीज गीतमा गायिका सुनिता दुलालको ‘यसपाली नि खानी दर’ पर्न सफल भयो भने उत्कृष्ट तीज गीत गायिकामा शोभा त्रिपाठी ले अवार्ड थापिन् । साथै उत्कृष्ट तीज गीत मोडलमा बिजय थापा र ऋचा थापाले अवार्ड थापे ।

सार्वजनिक १९ बिधामा मनोनयनमा परेकाहरु मध्ये अधिकांश कलाकारहरु अवार्ड कार्यक्रममा देखिएका छन् । बत्तिसपुतलीको एक फुलल्याण्डमा भएको सो कार्यक्रममा सोचेजस्तो उपस्थिती भने देखिदैनथ्यो । अवार्डमा उत्कृष्ट भएको केहि कलाकारहरु पनि कार्यक्रममा अनुपस्थित देखिन्थे ।

अवार्डमा प्वलिक च्वाइस अवार्डमा ‘नेपालीको छोरी’ तीज गीतबाट निशा सुनारले पाइन् भने जुरी अवार्डमा ‘खैत बाबा कुरो बुझेको’ बोलको तीज गीतबाट मन्जु पौडेलले अवार्ड पाइन् । त्यस्तै पपुलर अवाड लक्ष्मी मल्लले पाइन् ।

अवार्ड थाप्न सफल भएका उत्कृष्ट स्रष्टाहरुको नामावली यसप्रकार छन्ः

१. उत्कृष्ट तीज गीत मीक्सीङ
कुमार राना – पानी सलल
२. उत्कृष्ट तीज गीत एरेञ्जर
सुदीप सागर – म भन्दा नी
३. उत्कृष्ट तीज गीत सम्पादक
विरेन्द्र भाट – चलेछ मग मग
४. उत्कृष्ट तीज गीत छायाँकार
राजेश घिमिरे- माइतीको देश
५.उत्कृष्ट तीज गीत मोडल (पुरुष)
विजय थापा – पशुपति गेटैमा
६. उत्कृष्ट तीज गीत मोडल (महिला)
ऋता थापा – माइतिको आगनि
७. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
स्मृति तिमील्सीना – म भन्दा नी
८. उत्कृष्ट तीज गीत भिडियो निर्देशन
प्रकाश भट्ट – खै त बाबा
९. उत्कृष्ट तीज गीत नव गायिका
पार्वती ठाडा मगर – पानि सलल
१०. उत्कृष्ट तीज गीत संयुक्त गायन
देवी घर्ति, टीका पुन – माइतिको देश
११. उत्कृष्ट तीज दोहोरी गीत शब्द
शिव हमाल – मोहनी हाँसोमा
१२. उत्कृष्ट तीज दोहोरी गीत लय
नरेश खाति क्षत्री – वम वम भोले
१३. उत्कृष्ट तीज दोहोरी गीत गायक
मौसम गुरुङ – चिप्लो साडी
१४. उत्कृष्ट तीज दोहोरी गीत गायिका
सुनीता गुरुङ – चिप्लो साडी
१५. उत्कृष्ट तीज दोहोरी गीत
वम वम भोले –रीता केसी – आषिश म्यूजिक प्रा.ली.
१६.उत्कृष्ट तीज गीत शब्द
लानी रेग्मी – किन आएनन्
१७. उत्कृष्ट तीज गीत लय
हरि विट – पानी सलल
१८. उत्कृष्ट तीज गीत गायिका
शोभा त्रिपाठी – बाध्यता हो
१९. उत्कृष्ट तीज गीत
यसपाली नि –सुनीता दुलाल–कमलादेवी डिजिटल प्रा.लि.

Source: http://artistkhabar.com/

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email