जनवादी गायक रामेश श्रेष्ठको गीत सुनेर प्रधानमन्त्री केपी शर्मा ओली भावुक बने A7ानमन्त्री ओली भावुक हुनुको साथै मन्त्रमुग्ध भए ।
प्रधानमन%घर’ले आयोजना गरेको एकल गायन ‘युगिन आवाज’मा रामेशको गीत सुनेर प्रधानमन्त्री ओली भावुक हुनुको साथै मन्त्रमुग्ध भए ।
प्रधानमन्त्री ओलीले २०३० सालताका रामेश, रायनहरुले गीतसँगीत मार्फत लोकतन्त्रका लागि जनजागरण ल्याएको स्मरण गर्दै भने,‘म जेल पर्दासमेत रामेश, रायनका गीतले एकदिन हामी जित्नेछौं भन्ने आशा जगाउँथ्यो ।’
प्रधानमन्त्री ओलीले भने ‘आज हामीले जित्यो र अब उहाँहरुको गीतमा भनेझैं देशलाई समृद्ध बनाउनुछ ।’ करिब तीन घन्टाको बसाईमा रामेशले १५ ओटा आफ्ना नयाँ पुराना गीतहरु सुनाए । उनले हरेक गीत प्रस्तुत गर्दा त्यो गीतको सृजना पृष्ठभूमि र गीतको महत्व तथा त्यसले ल्याएको परिवर्तनबारे चर्चा गरे ।
रामेशलाई प्रत्यक्ष गायनमा उनका साथी रायनले पनि साथ दिए । युगिन आबाज एकल साँझमा रामेशले हिमगिरी मण्डित…, तिमी देउ तिम्रा हातहरु…, मेरो देश खोज्दै जाँदा…, ओ जनता महान…, ऋतु गीत…, आर्यशिल जिन्दगी…, ओलाङचुङगोला…, मेरो प्यारो ओखलढुँगा… प्रस्तुत गरे ।