संगीतकर्मी कल्याणकारी कोषलाई मेरो सहयोग

काठमाडौं । आज मैले संगीतकर्मी कल्याणकारी कोषलाई १० हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरें । संगीतकार संघ नेपालले स्थापना गरेको कोषलाई आफ्नोतर्फबाट यो सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ ।

संगीतकर्मीहरुलाई अफ्ठ्यारो पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषमा मैले सकेको सहयोग गरेकी हुँ । अझै पनि गायक गायिकाको तुलनामा संगीतकारहरुलाई निकै गाह्रो छ । पारिश्रमिक देखि अन्य धेरै कुरामा संगीतकारहरुको श्रमको उचित मूल्यांकन हुन सकेको छैन । यो अवस्थोको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता छ । हुन त मेरो विचारका यहाँहरुको असहमती जनाउन पनि सक्नु हुन्छ । त्यसलाई पनि खुला ह्रदयले स्वागत गर्न तयार छु । तर, गायन, संगीत र रचना सबै उत्तिकै मह्त्वपूर्ण कुरा हुन भन्ने मेरो मान्यतालाई स्थापित गर्न सक्यौं भने कोही पनि मारमा पर्नु पर्दैन थियो ।

हाम्रो गायनको सफलता पाछाडि संगीतकारको ठूलो हात छ त्यसैले पनि म हामीले गायक गायिकाहरुले सकेको सहयोग उहाँहरुलाई गर्नुपर्छ भन्ने विचार राख्छु । आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउछु ।

गएको तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको थियो । उक्त कोषमा हामीले केही सहयोग गर्यौं भने पक्कै पनि उहाँहरुलाई सहयोग हुनेछ ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email