सिडीदेखि आफ्नै एपसम्म

काठमाडौं– जमाना क्यासेटबाट सिडीतिर अघि बढ्दै गर्दा सुनिता दुलालले संगीतमार्फत त्यसभित्र प्रवेश गरिसकेकी थिइन् । गायनमा पहिचान बनाउँदै गर्दा देखि नै उनी प्रविधिमा उत्तिकै सचेत थिइन् । सुनिता दुलाल डटकम त्यही सचेतताको परिणाम थियो । आफ्ना गीत सुन्न चाहने स्रोताका लागि उनले साइटमार्फत आइसपमा सिडी किन्न सक्ने व्यवस्था गरेकी थिइन् ।

समय बदलियो । सिडी पनि लोपोन्मुख प्रविधिमा दर्ज भइसक्यो । कति प्रविधि अर्को नयाँ प्रविधिबाट प्रतिस्थापित भए । केही बर्षअघिसम्म गीत–संगीत सम्बन्धित कलाकारका लागि आम्दानीको सिआरबिटी/पिआरबिटी अहिले चल्न छोड्यो । सामाजिक सञ्जालले कतिपय प्रविधिहरू विस्थापित गरिदियो ।

अहिले सुनिता सामाजिक सञ्जाललाई भरपुर उपयोग गरिरहेकी छिन् । भाइबरमा ‘भेरिफाइड’ छिन्, फेसबुक, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालमा उनी धेरै पछ्याइने सेलिब्रेटीमा पर्छिन् । भन्छिन्, ‘अब त सामाजिक सञ्जालबिना अबको दुनियाँ कल्पना पनि गर्न पनि नसकिने भइसकेछ ।’

त्यसो त प्रविधिलाई पछ्याउने नै पब्लिकसँग परिचित हुने समय हो यो । सुनिताले यो कुरा मज्जाले बुझेकी छिन् । त्यसैले उनीसँग आफ्ना गीतको भिडियो राख्न आफ्नै युट्युब च्यानल छ । त्यसले उनलाई दर्शकमाझ फैलाउन थप सहयोग त गरेको छ नै, आम्दानी पनि गरिरहेकी छिन् ।

‘अहिले मलाई आनन्द छ’, उनी भन्छिन्, ‘पेन ड्राइभ वा हार्ड डिस्क बोकेर विभिन्न च्यानल धाउनु परेको छैन ।’ आफ्नो च्यानलबाट गीत रिलिज गर्दा कमाइ पनि आफ्नै माध्यममा आउने कुराले उनलाई थप आनन्द दिएको छ नै ।

त्यसो त उनको मोबाइल एप पनि छ । सम्भवतः उनी नै व्यक्तिगत एप बनाउने पहिलो नेपाली गायिका हुन् । उनका गीत त्यहाँ सुन्न पाइन्छन्, उनीबारे जानकारी पाइन्छ । उनको एप डाउनलोड गर्नेको संख्या बढिरहेको छ, सोही अनुपातमा विज्ञापन दिने पनि बढ्दैछन् । त्यसैले उनी प्रविधिलाई जनसम्पर्कका साथै आयको माध्यम पनि बनाइरहेकी छिन् ।

अब प्रसंग निकालौं, गीत–संगीतकै । सुनिता दुलालको लागि तीज सबैभन्दा ठूलो चाड बन्छ हरेक वर्ष । तीज विशेष कार्यक्रममा उनको गीतमा दिदी–बहिनी नाचेको देख्दा उनलाई आनन्द लाग्छ । त्यसैले तीज आउनुभन्दा ६–७ महिनाअघिदेखि नै उनी नयाँ गीतको तयारीमा जुट्छिन् । हरेक तीजमा उनको नयाँ सिर्जना आउनेमात्रै नभएर व्यस्तता र आम्दानीको ग्राफ ह्वात्तै उकालो लाग्ने गर्छ ।

यसपालि कोभिड–१९ महामारीको सन्त्रासका कारण उनको उनको कार्यतालिका प्रभावित भएको छ, नत्र भने विदेशका कयौं कार्यक्रम रद्द गर्दै समय मिलाउँदै गर्नमा उनी व्यस्त हुन्थिन् यो बेला । त्यसैले यसपालि अलिक खल्लो भने उनलाई लागेको छ । पहिले नै निर्धारण गरिएका ६ वटा विदेशका कार्यक्रम कोरोनाले गर्दा स्थगित भए । त्यसैले यसपालिको तीजमा उनी स्वदेशमै भेटिने सम्भावना नै बढी छ ।

परिस्थिति जस्तो भए पनि उनले तीजलक्षित सिर्जनात्मक काम भने स्थगित गरिनन् । आजैमात्र उनको तीजलक्षित गीत उनको युट्युब च्यानलवाट सार्वजनिक भएको छ । गीतले भन्छ–

तिम्रो साथ पाए पटुकी कसम्ला
बरु आधा पेट खाएरै बसम्ला
दहीको ठेकी बोकेर बेसी मेलैमा
नजाऊ न माया देशी रेलैमा

कोरोना कहरबीच नेपालीले फरक देशमा भएका आफ्ना मान्छेलाई सबैभन्दा बढी ‘मिस’ गरे, जो विदेशमा हुन् वा स्वदेशमा । यसैले गीतमा उनले त्यो भावनालाई सम्बोधन गर्दै स्वदेशमै, आफन्त–परिवारजनसँगै रहेर रमाउन युवालाई उत्प्रेरित गरेकी छिन् ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email