काठमाडौं । करिब तीन चार वर्ष अगाडि हुनुपर्छ । ठ्याकै मिति याद भएन अहिले । गोधुली साँझ थियो । घाम भर्खरै पश्चिम चन्द्रागिरीबाट ओरोलो लागेको थियो । मध्य बानेश्वर, ह्वाइट हाउस कलेज अगाडि । सडक पेटीमा ठेलागाडामा साँझ तरकारी बेच्नेहरु निष्किसकेका थिए ।
तक्मे अर्थात विल्सन विक्रम राई त्यहाँ देखिए । उनी तरकारी किन्न थाले । माक्स समेत नलाएका उनलाई सडकपेटी भएर हिँड्नेहरुले नचिन्ने कुरै भएन ।
दुई जना छोरी मान्छेले उहाँलाई दुई पटक फर्की फर्की हेरे । उनीहरु मसँगै भए । त्यस्तै ५\७ मिटर अगाडि पुगेपछि उनीहरुले भने, हेर नेपालका सेलिब्रिटीहरुको ताल सडक सडकमा तरकारी किनेर हिँडिरहेका छन् । यही हो यिनीहरुको ताल । उनले त सुनेन् तर मेरो मन चसस्क घोच्यो त्यो बाक्यले ।
मेरो दिमागमा धेरै कुरा खेले त्यो क्षण । सेलीब्रिटी, स्टारडम, नेपाली बजार, इनकम, जिवन शैली र स्टारडम । सबै सेलिब्रिटी कोठामा खुम्चिएर बस्न रुचाउँदैनन् । कति स्टारडमहरु अहिले पनि असन र इन्द्रचोकमा हातमा सुर्य चुरोट बोकेर हिँडिरहेको देखिन्छन् । कति हैसियत हँदा हुँदै पनि गाडि चड्दैनन् ग्राउन्डेड लाइफ रुचाउाछन् । कतिलाई नाम अनुसारको स्टान्डर मेन्टेन गर्न गाह्रो पनि नहोला । विल्सन विक्रमदाईलाई अहिले गाडि चढ्न समस्या नहोला । आफैैं तरकारी किन्न जानै पर्ने अवस्था पनि छैन । तर कलाकार जनतासँग नभिजेसम्म र ग्राउन्डेड नभएसम्म उसले जनताको मन आफ्नो सिर्जनाबाट जित्न सत्तैmन । आफ्नो काम आफै गर्नु नराम्रो पनि होइन ।
अर्को कुरा,
धेरै कलाकारलाई एउटै आरोप लाग्दै आएको छ, विदेश पलायनको । हुन त यो आरोप मैले आजसम्म झेल्नु परेको छैन । त्यैसैले यसबारे बोल्दा म छुच्ची जस्तो पनि धेरैलाई लाग्न सक्छ । तर त्यस्तो भने होइन, मनको बह मात्रै हो मेरो ।
एकातिर ग्राउन्डेड हुँदा आलोचना अर्कोतर्फ विदेश जाँदा पलायनको आरोप । सँगै सानो बजारको समस्या छँदैछ । यस्ता तथ्यगत कुराहरु नबुझी आलोचनाको शिकार कति कलाकारले हुनुपरिरहेको छ ।
विदेशमा गएर केही वर्ष वस्दैमा उसले माटो र नेपाली मनलाई तिरस्कार गर्यो भन्ने होइन । विदेश जाँदैमा सिर्जना हराएर जाने पनि होइन । यसको उदाहरणका रुपमा यम बराल दाईलाई लिन सकिन्छ । उहाँले भर्खरै नयाँ एल्बम निकाल्नु भयो । प्रेमराजा महतले अघिल्लो महिना आएर गीत रेर्कड गराउनु भयो । फेरि शबरात्रीमा भिडियो छायांकनका लागि आउँदैहुनुहुन्छ ।