काठमाडौं । माइती र चलीको आपसी सम्बन्ध, वर्षभरी टाढिएर बस्नुको पीडा, सासु र जेठानीको बुहार्तन, समाजको कुरा कटाई र पराई घरको दिक्दारी बिसाउने चौतारी हो तिज ।
सात डाँडा पारी पुगेपछि बेखबर भएर बस्नुको पीडा पोख्ने थलो माइती र बाल शखाशखीसँग भेटेर मन हलुंगो पार्ने हाम्रो चलन हो ।
यस्तै पीर र बेदाना अनि माइती र बालपनका साथीसंगीको भेटको कथा नै मेरा तिज गीतका विशेषता हुन् । यस्तै गीत यो पटकको तिजमा पनि मैले यहाँलाई दिइसकेको छु । आशा पनि छ तपाइँले पक्कै हेर्नुभई पनि सक्यो ।
तपाइँलाई तिज गीत दिएर मात्रै पनि मलाई चित्त बुझेन । त्यही भएर म यो तिजको अवसरमा तपाइँलाई भेट्न पनि आउँदैछु । अमेरिका, जापान, बहराइन आउँदैछु । अहिले अष्ट्रेलियामा छु । यी ठाउँमा हुने कार्यक्रममो डिटेल मैले मेरो फेसबुक पेजमार्फत पनि यहाँहरुलाई जानकारी गराइरहेकी छु । यी देशका कार्यक्रममा तपाइँ हाम्रो भेट हुने नै छ । त्यहीँ गीत सुन्ने र सुनाउने अनि दर खाने कार्यक्रम चल्ने नै छ ।
तर कति देशमा भने म बोलाउँदा बोलाउँदै पनि चाहेर पनि समय ब्यबस्थापन गर्न सकिन । यसका लागि म यहाँहरुसँग ह्रदय देखि नै माफि माग्न चाहन्छु । आशा गरौं अरु समय, अरु साल पक्कै पनि तपाइँ हाम्रो भेट हुने छ र ती भेट रमाइला हुनेछन् ।
जहाँ जहाँ म आउन सकिन । त्यहाँ तपाइँ यही गीत सुनेर रमाइलोसँग तिज मनाउन् है त । सुभकामना मेरो यहाँहरु सबैसबैलाई यो तिजको ।