तीज मनाउन सुनिता दुलाल कोरिया थेगुमा

थेगु,परदेशी लाईफ संवाददाता ।
नेपालकी लोकप्रिय दोहोरी गायिका सुनिता दुलाल कोरिया आईपुगेकी छिन । कोरियाको थेगुमा नेपाल अन्नपूर्ण सेवा समाज थेगुले मनाउन लागेको तीज विशेष कार्यक्रममा भाग लिन गायिका दुलाल आज कोरिया आईपुगेकी हुन ।

गायिका दुलालले कोरियामा रहेका नेपाली महिला दिदीवहिनीहरुलाई तीजको शुभकामना दिदैं आफूले उत्कृष्ट तीज गीत सहित चाहनाअनुसारका गीत सुनाउने तयारी रहेको परदेशी लाईफ लाई बताइन ।
कार्यक्रममा दाजुभाईहरुको लागि झम्के फुली गीत विशेष कोशेलीको रुपमा ल्याएको बताउदै भरपुर मनोरञ्जन दिने प्रयास गर्ने भएकोले सबैलाई कार्यक्रममा आउन निम्तो समेत दिएकी छन ।

ईन्छन विमानस्थलमा नेपाल अन्नपूर्ण सेवा समाजका अध्यक्ष नगेन्द्र मगर ,उपाध्यक्ष हर्क गुरुंगले गायिका दुलाललाई स्वागत गरेका छन । आइतबार थेगु विश्वविधालय सङसमा दिनको १२बजे हुन लागेको तीज कार्यक्रमको तयारी पुरा भएको आयोजक नेपाल अन्नपुर्ण सेवा समाजका अध्यक्ष नगेन्द्र मगरले बताएका छन ।

कार्यक्रमा गायिका दुलालको साथमा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने छ । कोरियाका विभिन्न ठाउँमा नेपालीहरुले तीज कार्यक्रम राखेपनि नेपालको सर्वोत्कृष्ट तीज गायिका अवार्ड विजेता दुलालको साथमा थेगुमा हुने कार्यक्रमलाई नेपालीहरुले महत्वको रुपमा हेरेका छन ।

हरेक वर्ष थेगुमा कोरियाभरीमै उत्कृष्ट तीज कार्यक्रम हुदै आएको यसपाली गायिका दुलालको उपस्थितीले कार्यक्रम भव्य हुने आयोजकले दावी गरेको छ ।

कार्यक्रम सफल पार्न उपस्थित भईदिन आयोजकले कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि र नेपाली समुदायमा अपिल गरेको छ । कोरियाका विभिन्न संघ संस्थाका प्रतिनिधि र नेपालीहरुले थेगुका कार्यक्रममा जान चासो देखाउनुले पनि यो कार्यक्रम उत्कृष्ट हुने आयोजकको दावी छ ।

Source: pardeshilife.com

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email