दुई दिवसीय तीज महोत्सवको पहिलो दिन भव्य, दोश्रो कार्यक्रम मंगलवार हुँदै सोमबार

टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।

म नेपाली ग्रुपकी संस्थापक सदस्य सुमी केसीको सभापतित्वमा सुरु गरिएको अनौपचारिक कार्यक्रमको उद्वघाटन सभापति केसी, म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्य, गल्कोट समाज जापानका अध्यक्ष नर बहादुर थापा, एनआरएन आईसीसी सदस्य कपिल देव थापाले सयुक्त रुपमा स्टेजमा तीजे भाकामा नृत्य प्रस्तुत गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

दुई दिवसीय ‘तीज महोत्सव २०१६’ का लागि चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महत कार्यक्रमको प्रमुख आकर्षण रहेको छ ।

पहिलो कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न ग्रुपको तीज महोत्सवको दोश्रो कार्यक्रम मेगुरो स्थित मेगुरो कुमिन सेन्टरमा अगष्ट ३० तारिख मंगलवार ३ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

पहिलो दिनको कार्यक्रमका झलकहरु

Source: http://japansandesh.com/

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email