काठमाडौं । भारतीय एक चर्चित टेलिभिजनले आयोजना गरेको डान्स कम्पिटिसनमा नेपालकी तेरिया मगरले बाजी मारिन् । यो ठूलो सफलताका लागि उनलाई हार्दिक बधाई । हजारौं भारतीयलाई पछि पार्दै यति ठूलो सफलतामा हात पार्नु आफैंमा गौरवको विषय हो ।
नशा नशामा कला साहित्य बोकेका भारतीयलाई पछि पार्नु कम्ति चुनौति होइन । यति ठूलो कम्पिटिशनमा भाग लिएर त्यसको उपाधी चुमेर तेरियाले आफ्नो इज्जत त राखिन्, सँगै नेपालको इज्जत पनि बढाइन् ।
तेरियासँगै गाँसिएर उनीसँगै हरेक पटक स्टेजमा उभिएको थियो नेपाल र नेपालको परिचय र पहिचान । त्यो स्टेजको अन्तिम राउन्डसम्म उनले गरेको पफर्मेन्स र उनले गरेको मेहनत र उनमा रहेको कलाले आज उनलाई मात्रै चिनाएन समग्र नेपाल र नेपालीलाई चिनायो ।
कला, साहित्य अनि संस्कृति वास्तवमा देशको पहिचान हो, चिनारी हो अनि इज्जत हो । कला साहित्य पनि संस्कृतिले देशको प्रतिनिधित्व गर्छ, देशलाई चिनाउँछ ।
तेरिया त प्रतिनिपध पात्र मात्रै हुन् । हजारौं तेरिया मगरहरु छन् जसमा अथाह प्रतिभा छ । हजारौं तेरिया मगर छन् जसमा देशलाई चिनाउने अन्तरनिहित प्रतिभा छ । जो प्रस्फुटन हुन पाएको छैन । अन्तमनमै मर्न वाध्य छ । मरिरहेको छ ।
त्यसैले नेपालमा पनि कला साहित्यको उत्थानका लागि राज्यले लगानी गर्नुपर्छ । राज्यले लगानी गरेको खण्डमा वर्सेनी हजारौं तेरिया मगरहरु जन्मन सक्छन् । जो देशको इज्जत, शान र पहिचान बन्न सक्छन् । फेरी पनि बधाइ छ तेरिया तिमीलाई । उज्वल भविश्यको सुभकामना तिमीलाई ।